RUMPUM
animated ellipse animated ellipse

खुकुरी प्रहारबाट १ को मृत्यु १ घाईते

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२५ जेष्ठ २०७७, आईतवार २०:४१
3
Shares
खोटाङ / खोटाङको केपिलासगढी गाउँपालिका २ खार्ताम्छामा खुकुरी प्रहारबाट १ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन् ।

आज स्थानीय ३६ बर्षीय शुभराज राईले सोही स्थान बस्ने ६५ बर्षीय डिल्लीराज राई र निजकै श्रीमती ६२ बर्षीया सममाया राईलाई धारिलो हतियार खुकुरीले प्रहार गरी घाईते बनाएको भन्ने खबर प्राप्त भएसंगै प्रहरी चौकी खार्ताम्छाबाट खटिएको प्रहरी टोलीले दुबै जनालाई घाईते अवस्थामा फेला पारेको थियो ।

घाईते दुवै जनालाई उपचारको लागी हेलिकोप्टरबाट काठमाण्डौ पठाउने तयारी हुँदै गर्दा डिल्लीराज राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । घाईते सममायालाई कैलाश एयरको हेलिकोप्टरद्धारा काठमाण्डौ पठाईएकोछ भने खुकुरी प्रहार गर्ने शुभराज राईलाई नियन्त्रणमा लिई अनुसन्धान कार्य भईरहेको खोटाङ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर