animated ellipse animated ellipse

इटहरीका पूर्व मेयर द्वारिकलाल चौधरी माओवादी प्रवेश गर्दै

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१५ आश्विन २०७९, शनिबार १७:१३
504
Shares
विराटनगर / सुनसरीको इटहरी उपमहानगरपालिकाका पूर्व प्रमुख तथा नेकपा एमालेका प्रदेश समिति सदस्य द्वारिकलाल चौधरी एमाले छाडेर माओवादी केन्द्र प्रवेश गर्ने भएका छन् ।

आगामी निर्वाचनमा सुनसरीको निर्वाचन क्षेत्र २(क)बाट प्रदेशसभा सदस्यको उम्मेद्वार बनाउने शर्तमा उनी माओवादी प्रवेश गर्न लागेका हुन् । यसअघि उनी माधवकुमार नेपाल पक्षमा लागेका थिए । यद्यपि १० बुँदे सहमति गरेर दश भाई एमालेमै रहेसँगै उनी पनि एमालेमै रहेका थिए ।

काठमाडौं जान विराटनगर एयरपोर्टमा रहेका चौधरीले माओवादी प्रवेश गर्न लागेको सत्य भएको बताए । ‘सांसदको टिकट पाउने नपाउने भन्ने विषय २३ गतेपछि थाहा हुन्छ,’ चौधरीले भने, ‘तर, माओवादी प्रवेश गर्न लागेको भन्ने कुरा सत्य हो ।’
र बन्ने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर