AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

निर्वाचन परिणामले जस्तोसुकै नतिजा आए पनि गठबन्धन दलहरुको एकतामा असर नपार्ने–नेता डा कोइराला

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३० बैशाख २०७९, शुक्रबार १९:३७
450
Shares
विराटनगर / नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले स्थानीय तहको निर्वाचनको परिणाम जस्तोसुकै नतिजा आए पनि गठबन्धन दलहरुको एकतामा कुनै असर नपार्ने बताएका छन् ।

आज आदर्श मावि मतदान केन्द्रमा मतदान गरेपछि सञ्चारकर्मीसंग कुरागर्दै उनले यस्तो बताएका हुन् । निर्वाचन परिणाम जस्तो सुकै आएपछि गठबन्धन दलहरुको वीचको टुट्नु हुदैन नेता कोइरालाले प्रष्ट पारे ।

नेता कोइरालाले निर्वाचन परिणाम पछि गठबन्धनदलहरुवीच आवश्यक समीक्षा गरि सोही अनुसार पार्टी अगाडि वढ्नु पर्ने बताए । उनले पालिकाको निर्वाचनमा कसैको हारजित हुँदैमा देश दुर्घटनामा नपर्ने वताए ।

अहिलेको निर्वाचन नगर र ग्रामीण क्षेत्रको विकासका लागी भएकाले यसलाई दलहरुले प्रतिष्ठाको विषय वनाउन नहुने बताए । नेता कोइरालाले राजनीतिक रुपमा महत्व राख्ने सङ्घ र प्रदेशको निर्वाचन भएको चर्चा गर्दै पालिका निर्वाचन विशुद्ध विकास निर्माण कार्य रहेको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर