animated ellipse animated ellipse

विराटनगरको शिक्षादीप कलेजले भर्ना भएका नयाँ विद्यार्थीलाई दिइयो अभिमुखिकरण

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३ श्रावण २०८१, बिहीबार १६:०४
2.31k
Shares
विराटनगर / गुणस्तरीय शिक्षा प्रदान गरेर विद्यार्थी र अभिभावको पहिलो रोजाइको केन्द्रमा परेको विराटनगरस्थित शिक्षादीप कलेजकमा भर्ना भएका नयाँ विद्यार्थीहरूलाई अभिमुखिकरण गराएको छ ।

कलेजले आज स्कुल परिसरमा एक कार्यक्रम आयोजना गरी कक्षा ११ को विज्ञान संकायमा भर्ना भएका नयाँ विद्यार्थीहरुलाई स्वागत गर्दै अभिमुखिकरण गराएको हो ।

शिक्षादीपमा कक्षा ११ को विज्ञान संकायमा ९४५ जना विद्यार्थी भर्ना भएको कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले जानकारी दिए । नयाँ भर्ना भएका विद्यार्थी १७ औं ब्याजका हुन् । कक्षा सुरू हुनुभन्दा अगाडी शिक्षादीप कलेजले प्रत्येक वर्ष नयाँ भर्ना भएका विद्यार्थीहरूलाई अभिमुखिकरण गराउँदै आएको छ । अभिमुखिकरण कार्यक्रममा प्रवेश परीक्षामा टप भएकी छात्रा सिरिन भट्टराईले सुविधा सम्पन्न भौतिक पूर्वाधारबाट गुणस्तरीय शिक्षा पाउने भएको कारणले शिक्षादीप रोजेको बताइन् । शान्त बातावरणमा यहाँका मेहनती शिक्षकहरुबाट भयरहित तरिकाले गुणस्तरीय शिक्षा पाउने भएको कारणले शिक्षादीप रोजाइमा परेको बताइन् ।

कार्यक्रममा कक्षा ११ मा भर्ना भएका विद्यार्थी खुस्बु ढकाल, समीर डोटेल र प्रतिक भट्टराईले पनि शिक्षादीप रोज्नुको कारण बताउँदै भने, ‘ सक्षम नेतृत्व, कुशल व्यवस्थापन, उत्कृष्ट शैक्षिक वातावरण तथा मिहिनेती प्राध्यापक, शिक्षक शिक्षिकाहरूबाट गुणस्तरीय शिक्षा पाउने अभिलासले हाम्रो गन्तब्य शिक्षादीप भएको हो ।’
कार्यक्रममा बोल्दै कलेजका प्रिन्सिपल खड्काले विद्यार्थीको भबिष्य उज्ज्वल बनाउन हामी कुनै पनि कसुर बाँकी नराख्ने बताए । ‘विद्यार्थीको कडा मेहनतका कारणले सफलता प्राप्त हुने हो । विद्यार्थीलाई सफतामा पुर्याउन कलेज लागि पर्नेछ,’ प्रिन्सिपल खड्काले भने, ‘त्यसको लागि विद्यार्थीले मेहनत गर्नुपर्ने हुन्छ ।’ अध्यापनको क्रममा विद्यार्थीलाई बढीभन्दा बढी अन्तरक्रियात्मक बनाउने शिक्षण विधि कलेजले अपनाएको उनले बताए । ‘शिक्षादीपमा आएका विद्यार्थी व्यवहारिक रूपमै सक्षम हुन्छन् । त्यो शैक्षिक वातावरण हामीले स्थापित गरेका छौं’, उनले भने ।

विद्यार्थीले ल्याएको नतिजा र मेडिकल तथा इन्जिनियरिङ क्षेत्रमा शिक्षादीप कलेजका विद्यार्थीको बाहुल्यताका कारण सबैको पहिलो रोजाइको शैक्षिक संस्था बनेको बताए । उत्कृष्ट शैक्षिक वातावरण, अनुशासन, क्यारियर डेभलपमेन्ट अवसर, निरन्तर सुपरिवेक्षण शिक्षादीप कलेजको सफलताको सूत्र भएको प्रिन्सिपल खड्काले बताए । ‘एक उत्कृष्ट शैक्षिक संस्थाको मापन गर्ने माध्यम उक्त संस्थाबाट पास भएर गएका विद्यार्थी हन्’, प्रिन्सिपल खड्काले भने, ‘शिक्षादीप पढेर गएका विद्यार्थीले देश विदेशमा हासिल गरेको सफलता नै हो । यहाँबाट पासआउट भएका विद्यार्थी विभिन्न ओहदामा पुगेका छन् । समयको मागअनुसारको शिक्षा, विद्यार्थीको उन्नयनका लागि सधैँ नयाँ योजना ल्याउनुले पनि शिक्षादीप अग्रणी संस्था बन्न सकेको हो ।’

कलेजका अध्यक्ष तथा कोशी प्रदेशसभा सदस्य भीम पराजुलीले शिक्षादीप भविष्य निर्माण गर्ने कलेज भएको बताए । नेपालमै सवैभन्दा बढी फ्याकल्टी भएको कलेज शिक्षादीप भएको बताए । कक्षा ११ मा भर्ना भएका विद्यार्थीको सपना साकार गर्ने समय अब २ वर्ष भएको उनको भनाई छ ।

त्यसैगरी विज्ञान संकायका संयोजक नवीनकुमार रायले सपना बोकेर शिक्षादीप कलेज रोजेका विद्यार्थीहरुको उज्ज्वल भबिष्यको शुभकामना गर्दै स्वागत गरे ।

सहप्रा.डा.ललितनारायण मण्डरले कक्षा ११ भर्ना भएका विद्यार्थीको उद्देश्य पूरा गर्न कलेज तयार रहेको बताए । शिक्षादीप कलेजमा भर्ना भएका विद्यार्थीले गौरव महसुस गर्ने वातावरण आफुहरुले तयार गर्ने उनले बताए ।
अभिमुखीकरण कार्यक्रमको की–स्पीकरमा डा. मिलन गैरेले सफलता हात पार्नका लागि विद्यार्थीले गर्नुपर्ने मेहनत लगायतका बारेमा बताए ।

कार्यक्रममा कलेजका चिफ डाइरेक्टर रमेशकुमार मण्डल, शैलेन्द्र शिवाकोटी, व्यवस्थापन संकायका को–अर्डिनेटर शंकर भट्टराई, निर्देशक भूपी दाहाल, कलेजका शिक्षकहरु, अभिभावक लगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर