AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

छात्रवृत्ति विवतरण पेश गर्न विद्यालयलाई महानगरको २४ घण्टे अल्टिमेटम

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

७ श्रावण २०८०, आईतवार १८:४०
342
Shares
विराटनगर/विराटनगर महानगरपालिकाले छात्रवृत्तिको विवरण पेश गर्न विद्यालयहरुलाई २४ घण्टे अल्टिमेटम दिएको छ ।

विराटनगर महानगरपालिकाको संस्थागत छात्रवृत्ति व्यवस्थापन समितिको आज बसेको बैठकले सोमबार कार्यालय समयभित्र छात्रवृत्तिको विवरण पेश नगर्ने विद्यालयहरुमाथि कानुनी कारबाही अगाडि बढाउने निर्णय गरेको छ । महानगरका मेयर नागेश कोइरालाको अध्यक्षतामा बसेको बैठकले शैक्षिक सत्र २०७९ को बालविकास कक्षादेखि कक्षा १२ सम्म र शैक्षिक सत्र २०८० को बालविकासदेखि कक्षा १० सम्म अध्ययन गर्ने विद्यार्थीहरुका लागि उपलब्ध गराएको छात्रवृत्ति वितरणको विवरण हालसम्म पेश नगर्ने विद्यालयमाथि कारबाही अगाडि बढाउने निर्णय गरेको हो ।

विवरण पेश नगर्ने विद्यालयको नाम महानगरको वेभ साइटमार्फत सार्वजनिकसमेत गरेको छ । “सोमबार ५ बजेसम्म छात्रवृत्तिको सम्पूर्ण विवरण पेश नगरे हामी त्यस्ता विद्यालयमाथि कारबाही प्रक्रिया अगाडि बढाउँछौं,” मेयर कोइरालाले भने, “महानगरले पटक–पटक विवरण उपलब्ध गराउनका लागि तागेता गर्दा पनि बेवास्ता गरेको पाइएको छ । अब भोलि सोमबारसम्म हेरौं, त्यसपछि महानगर कडा रुपमा प्रस्तुत हुन्छ ।”

एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणाली (आईईएमआईएस) अनुसार विराटनगर महानगरपालिका क्षेत्रभित्र संस्थागत विद्यालयको संख्या ८९ रहेको छ । त्यस्तै (आईईएमआईएस)मा दर्ता नभएका विद्यालयको संख्यासमेत जोड्ने हो भने महानगरभित्र करिब एक सयको हाराहारीमा संस्थागत विद्यालयहरु सञ्चालनमा रहेका छन् । त्यसमध्ये आज कार्यालय समयभित्र ६५ वटा विद्यालयले शैक्षिक सत्र २०७९ को छात्रवृत्ति वितरणको विवरण पेश गरेका छन् । सोही शैक्षिक सत्रमा २७ वटा विद्यालयले अझै विवरण पेश गरेका छैनन् । त्यस्तै २०८० का लागि ५५ वटा विद्यालयले विवरण पेश गरेको शैक्षिक प्रशासन महाशाखाका अधिकृत रमेश खड्काले जानकारी दिए । खड्काका अनुसार २०८० का लागि ३७ वटा विद्यालयले विवरण पेश गर्न बाँकी रहेको छ ।

यसैगरी शैक्षिक सत्र २०८० मा कक्षा ११ को छात्रवृत्ति व्यवस्थापनसम्बन्धी परीक्षा महानगर आफैंले लिने तयारी गरेको उपमेयर शिल्पा निराला कार्कीले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर