animated ellipse animated ellipse

प्रहरी निरीक्षक तामाङ असार महिनाको सर्वाेत्कृष्ट प्रहरी घोषित

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

५ श्रावण २०७८, मंगलवार १५:५४
1.03k
Shares
विराटनगर / प्रहरी निरीक्षक किशोर तामाङ असार महिनाको सर्वाेत्कृष्ट प्रहरी घोषित भएका छन् ।

जिल्ला प्रहरी कार्यालय ईलाम अपराध अनुसन्धानमा कार्यरत प्रहरी निरीक्षक तामाङको उत्कृष्ट कार्यसम्पादनको उच्च मुल्याङकन गर्दै २०७८ साल असार “महिनाको सर्वाेत्कृष्ट प्रहरी” घोषणा गरिएको हो ।

सर्वाेत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको विवरण सहितको फ्लेक्स प्रिण्ट गरेर १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरमा निर्माण गरिएको स्तम्भ तथा १ नम्बर प्रदेश अन्तर्गत रहेका इलाका प्रहरी कार्यालय ‘क’ स्तरसम्मका प्रहरी कार्यालयहरुमा १ महिनासम्म राखिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर