AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

नरपथगञ्जलाई मिल्स टि–२० क्रिकेटको उपाधि

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२५ चैत्र २०७९, शनिबार १९:२१
1.35k
Shares
मिल्स टि–२० क्रिकेटको उपाधिका साथ नरपथगञ्जका खेलाडी । तस्वीर : पुष्पराज थपलिया
विराटनगर / भारत विहारको राहुल ११ नरपथगञ्जले दोस्रो संस्करणको मिल्स टि– २० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।

नरपथगञ्जले आज विराटनगरको जुट मिलको खेलमैदानमा आज भएको फाइनलमा विराटनगरको एनबिएससी त्रिकेट क्लबलाई ३ विकेटले पराजित गर्दै उपाधि जितेको हो । जितसँगै नरपथगञ्जले १ लाख ११ हजार पायो । उपविजेता विराटनगरले ५१ हजार रुपैयाँमा चित्त बुझायो

जवाफमा १ सय ५८ रनको विजय लक्ष्य पछ्याएको नरपथगञ्जले १८ दशवलम २ बलमा ७ विकेट गुमाई लक्ष्य भेट्टाएको थियो । नरपथगञ्जका भानु आनन्दले ६३ रन बनाए भने विजय भारती ३६ रनमा अविजित रहे । त्यस्तै साहिल कुमारले २५ रनको योगदान दिए ।

विराटनगरका विधान गोस्वामीले ४ विकेट लिँदा साकिबुल गनीले २ विकेट र मोहित कुमारले १ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको एनबीएससीले १९ ओभरमा सवै विकेट गुमाई १ सय ५७ रनमा बनाएको थियो । विराटनगरका रोहन बिकेले ४४ रन बनाउँदा प्रशान्त कुमारले २२ रन र विपिन सौरवले २१ रन बनाए ।

नरपथगञ्जका अमन सिंहले, सक्षम शर्मा, रबडा कुमार र साहिल कुमारले समान २–२ विकेट लिए । फाइनल खेलको म्यान अफ द फाइनल भानु आनन्द घोषित भए । उनले ११ हजार रुपैयाँ पाए ।

 

उत्कृष्ट ब्याटर नरपथगञ्जका अभिषेक पाठक भए । यस्तै उत्कृष्ट बलर एनबीएससी विराटनगरका अनुभव श्रीवास्तव, प्लेयर अफ द सिरीज एनबीएससीका विधान गोस्वामी घोषित भए । उनीहरू सबैले जनही १५ हजार रुपैयाँ पाए । उदयमान खेलाडी मिल्स एकाडेमीका अभय कुर्मी भए । उनले पाँच हजार पाए ।

बिजेता हुने टिमलाई क्यानका केन्द्रीय कोषाध्यक्ष रोशन सिंह, क्यानका वरिष्ठ सल्लाहकार नरेश श्रेष्ठ, नेपाल खेलकुद महासंघकी केन्द्रीय सदस्य साना डंगोल, मिल्स क्रिकेट एकाडेमीका अध्यक्ष मुरारी चौधरीलगायतले पुरस्कार वितरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर