RUMPUM
animated ellipse animated ellipse

उज्यालो केराबारी बनाउने नेकपा एमालेको प्रतिद्धता

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२२ बैशाख २०७९, बिहीबार १६:०७
216
Shares
केराबारी/ मोरङको केराबारी गाउँपालिकामा नेकपा (एमाले) ले अध्यक्षमा सुमन मिरिङ्गचिङ्ग र उपाध्यक्षमा मनमाया मगरलाई उम्मेदवार बनाएको छ । अहिले नेकपा एमाले चुनावी मैदानमा रहेको छ ।

हरेक दिन मतदाताको घरदैलोमा पुगेर एमालेले भोट मागिरहेको छ । जनता समक्ष आफ्ना एजेण्डाहरु राखिरहेको छ । अनि एमालेलाई मतदान गर्नुपर्ने कारण मतदातालाई सम्झाइरहेको छ ।

यसैबीच केराबारीको बिद्युतको समस्या बिकराल रुपमा रहेको छ। पानी पर्ने तरखर गर्ने बित्तिकै बिजुली झ्याप्प झ्याप्प जाने गरेको छ । केराबारीबासी बिद्युत आपूर्तिको समस्याले हैरान छन् ।

केराबारीमा नेकपा एमाले निर्वाचित भए बिद्युत प्राधिकरणसँग समन्वय गरेर हावा चल्दा, पानी पर्दा बिद्युत अवरुद्व हुने समस्या समाधानको लागि ट्रान्सफर्मरहरूको अपग्रेड गर्ने प्रतिबद्धता जनाएको छ ।

यस्तै खोर्साने–केराबारी सडकखण्डको बिद्युत लाईन भुमिगत गर्ने, बजारका मुख्य सडक भित्र पर्ने पोललाई ब्यवस्थापन गर्ने एमालेले प्रतिबद्धता जनाएको छ ।

एक घर–एक सोलार अभियान सञ्चालन गरि सौर्य उर्जाको प्रयोगलाई प्राथमिकता दिईने नेकपाएमाले केराबारीले प्रतिबद्धता जनाएको छ । यस्तै निम्न आय भएका केराबारीका प्रत्येक परिवारलाई विद्युत जडानको निम्ति उज्यालो केराबारी कोष खडा गरिने एमालेको प्रतिबद्धता छ ।

उज्यालो केराबारी अभियानअन्तर्गत केराबारीमा मानिसको बसोबास भएका हरेक ठाउँमा बिद्युत बिस्तार गरिने एमालेको प्रतिबद्दता छ ।

केराबारीका सामूदायिक विद्यालयका अध्ययनत निम्न आय भएका विद्यार्थीलाई उज्यालो छात्रवृत्तिअन्तर्गत सोलार बत्ती प्रदान गरिने एमाले केराबारीको प्रतिबद्धता छ ।

यस्तै जलविद्युत, सौर्य उर्जा, वायु उर्जा तथा नविकरणीय उर्जाको क्षेत्रमा गरिने अध्ययन अनुसन्धानलाई प्राथमिकता दिइने एमाले केराबारी प्रतिबद्ध छ ।

केराबारीका सबै वडाका मुख्य चोकहरुमा सोलार सडक बत्तीलाई व्यवस्थित गरिने सोलार लाईट नराखेका प्रत्येक चोकमा सोलार बत्ती राखिने नेकपा (एमाले) को प्रतिबद्धता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर