भन्सार छली गरेको १ लाख १४ हजारको कपडा बरामद

खबर पूर्वाञ्चल, ९ श्रावण २०७९, सोमबार १४:२२
162
Shares
विराटनगर / अवैध रूपमा भन्सार छली गरि ल्याएको १ लाख १४ हजार मुल्य बराबरको कपडा सशस्त्र प्रहरीले बरामद गरेको छ । भारतबाट अवैध रूपमा ल्याएको कपडा सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट (बीओपी) दरैयाँले विराटनगर १६ दरैयाँको उखुँबारीबाट भन्सार छली गरी ल्याएको कपडा बरामद गरेको हो ।

बरामद गरेको कपडा सशस्त्र प्रहरीले आवश्यक कारवाहीको लागि विराटनगर भन्सार कार्यालयमा आज बुझाएको सशस्त्र प्रहरीले जनाएको छ ।

बरामद गरेको कपडा विराटनगरमा कपडाको तस्करी धन्दा चलाउने जनार्दन यादव रहेको बुझिएको छ । यादवले भारतदेखि भरिया प्रयोग गरि उखँुबारी हुँदै कपडा तस्करी गर्दछन् । उनले भारतदेखि अवैध रूपमा तस्करी गरेर कपडा ल्याउने गर्दछन् । उनले क्यारिङ गराएर भण्डारण गर्ने र व्यापारीले भनेको ठाउँमा पु¥याउने जिम्मा लिने गर्दछन् । यसरी क्यारिङ गरेको कपडा गन्तब्यसम्म पु¥याउँदा उनले पिस हिसाबले व्यापारीसँग पैसा लिने गर्दछन् ।

सशस्त्र प्रहरीले आइतबार राती बरामद गरेको कपडा लाखौं मुल्य बरावरको रहेको छ । १ बोरामा ५० देखि ७० पिस कपडा हुने गर्दछ । जर्नादनले तस्करी गरि ल्याएको कपडा विराटनगरको गोदाममा ल्याएर राख्ने गर्दछन् । उनले भारतदेखि तस्करीको कपडा ल्याउन झण्डै एक दर्जन भरिया प्रयोग गर्दछन् । कपडा गोदामसम्म भरियाले ल्याइपु¥याउँदा ५ सय देखि एक हजार रुपैयाँसम्म दिने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५