खबर पूर्वाञ्चल
विगत १६ बर्षदेखि सञ्चालमा रहेको यूनिभर्सल लर्ड बुद्ध अन्तर्गत सञ्चालित लर्ड बुद्ध स्कूल तथा कलेजका अध्यक्ष नितिनचन्द्र गजुरेलले एक विशेष समारोहका बीच प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमेरेको प्रमूख आतिथ्यमा न्यूरो कार्डियो एण्ड मल्टीस्पेशियालिटी हस्पिटलका अध्यक्ष डा. विरेन्द्रकुमार विष्टलाई सम्पूर्ण स्वामित्व हस्तान्त्रण गरेका हुन ।
हस्तान्तरण पस्चात कार्यकारी निर्देशक अनिषा विष्ट र प्रबन्ध निर्देशक राजेश भट्टराईसहितको तीन सदस्य सञ्चालक समिति गठन गरेको छ ।
स्वामित्व ग्रहण गर्दै डा. विष्टले प्रदेश १ कै शिक्षा क्षेत्रमा स्थापित लर्डबुद्ध कलेजको स्वामित्वले स्वास्थ्य तथा शिक्षा क्षेत्रको माध्यमबाट समाजमा योगदान पु¥याउने आफ्नो उद्देश्यले रहेको बताए ।
कलेजका प्रबन्ध निर्देशक भट्टराईले लर्डबुद्ध कलेज शिक्षा क्षेत्रमा लामो इतिहास बोकेको कलेजको गरिमा तथा साखलाई आफ्नो नेतृत्वमा थप उचाइमा पु¥याउने दृढता व्यक्त गरे । भट्टरार्ईले कलेजको व्यवस्थापकिय तथा अन्य जिम्मेवारि तोक्दै कार्य समिति विस्तार गरे । प्रबन्ध निर्देशक भट्टराईको नेतृत्वमा उच्च प्रविधि तथा आधुनिक भौतिक संरचनासहित कलेजको स्तरोन्नित गर्नका लागि अलपकालिन तथा दिर्घकालिन योजना समेत तर्जुमा गरे ।
स्वामित्व हस्तान्तरण कार्यक्रममा मन्त्री घिमिरेले स्वास्थ्य क्षेत्रमा ख्याति कमाएका डा. विष्टको टिमलाई शिक्षा क्षेत्रमा पनि सफलताको शुभकामना दिए । मन्त्री घिमिरेले डा. विष्टको टिम सबल एवम सक्षम रहेको भन्दै शिक्षा क्षेत्रको आवश्यक्तता तथा मागलाई सम्बोधन गर्नु हुने विश्वास व्यक्त गरे ।