खबर पूर्वाञ्चल
प्याब्सन विराटनगरले आयोजना गरेको प्रतियोगिताको आइतबारको खेलमा पूर्वाञ्चल, मोर्डन एरा, सिद्धार्थ, विकेभिएम र गोदावारी स्कुल विजयी भइ दोस्रो चरणमा प्रवेश गरेको हो ।
प्रतियोगिताको पहिलो खेलमा ट्राइब्रेकरमा एजेलिया स्कुललाई ५–४ गोलले पराजित गरी मोर्डन एरा विजयी भएको छ ।
सोही दिन भएको दोस्रो खेलमा गोदावारी स्कुलले अरनीको स्कुललाई १–० गोलले हराउँदै विजयी भएको हो । जितको लागि निर्णायक गोल गोदावारीका एजन राईले गरेका थिए ।
तेस्रो खेलमा सिद्धार्थ स्कुल विजयी भएको छ । सिद्धार्थले प्यारागन स्कुललाई ४–० गोलले पराजित ग¥यो । सिद्धार्थका अमन गोसवाइले र सुजन माझीले समान २÷२ गोल गरेका थिए ।
चौथो खेल पूर्वाञ्चल स्कुल विजयी भएको छ । पूर्वाञ्चले स्कुलले मार्टस स्कुललाई २–० गोलले हरायो । जितकोलागि पूर्वाञ्चलका सवर्ण राम र कुशल कार्कीले १ /१ गोल गरेका थिए ।
पाँचौ खेलमा बिकेभीएम स्कुलले ट्राइबे्रेरमा कान्तिपुर स्कुललाई ३–२ गोलले हारउाँदै बिकेभिएम स्कुल विजयी भएको म्याच कमेस्नर हिरा थापाले जानकारी दिए ।
सोमबार पाँच खेल हुनेछ । पहिलो खेल डिएभी र जेम्स स्कुल बिच हुनेछ । सोही दिन हुने दोस्रो खेल कोशी मोडल र अपर्ण, तेस्रो खेल सिद्धार्थ र बालमिकी, चौथो देवकोटा र सेन्टजोसेफ, पाँचौ खेल विराट शिक्षा निकेतन र डिएभी र जेम्स स्कुल बिच विजतो हुने टिम सँग प्रतिस्पर्धा गर्ने खेल संयोजक संयोजक नन्दलाल मण्डलले जानकारी दिए ।