animated ellipse animated ellipse

सुदुरपश्चिम प्रदेश मध्यावधि निर्वाचनमा जान्छः मन्त्री भगवती चौधरी

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२८ माघ २०७९, शनिबार १३:११
189
Shares
विराटनगर / महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री भगवती चौधरीले सुदुरपश्चिम प्रदेशमा मध्यावधि निर्वाचन ति जान सक्ने बताइन् ।

आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले सो कुरा बताएकी हुन् । शक्ति सन्तुलनका अनुसार भागबण्डा नमिल्दाको परिणाम स्वरुप सुदुरपश्चिममा सरकार फेरबदल भएको मन्त्री चौधरीलेबताइन्। उनले राष्ट्रिय उन्मुक्ति पार्टीसँग समयमा शक्ति सन्तुलन भएको भए यो अवस्था नआउने तर्क गर्दै त्यहाँ राजनितिक दल र मुख्यमन्त्री समेत चुकेको बताइन्न्।

नयाँ बनेको कांग्रेस नेतृत्वको सरकारलाई पनि राष्ट्रिय उन्मुक्ति पार्टीले विश्वासको मत नदिने बताइरहेको भन्दै मन्त्री चौधरीले त्यहाँ मध्यावधि निर्वाचन हुने समेत बताइन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टी पुनः सरकारमा आउनसक्ने समेत बताइन् ।

मन्त्री चौधरीले भनिन ,‘कुरा भइरहेको छ, उहाँहरु पुनः सरकारमा आउन सक्नुहुन्छ ।’ यस्तै उनले दुई वटा सरकारका रुपमा रहेका ब्यूरोक्र्याट्स र जनताका मन्त्रीहरुबिचको तालमेल मिलाउन प्रधानमन्त्रीले भूमिका निर्वाह गरेकाले दुई पक्षबिच सहकार्य गर्दै अघि बढ्ने विश्वास ब्यक्त गरिन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर