animated ellipse animated ellipse

नागरिक मैत्री सेवा दिनेछु : मोरङ एसपी चिमरिया

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

७ कार्तिक २०८१, बुधबार २१:३४
243
Shares
विराटनगर / मोरङ प्रहरी प्रमुख भएर आएका एसपी नारायण प्रसाद चिमरियाले नागरिक मैत्री सेवा प्रदान गर्ने प्रतिवद्धता जनाएका छन् ।

मोरङ प्रहरी प्रमुखको कार्यबाहक समालेको दुई दिनपछि आज संचारकर्मीहरुसँग परिचात्यमक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।‘प्रचलित नियम र कानुन अनुसार नागरिक मैत्री सेवा दिएर अगाडी बढनेछु,’ उनले भने, ‘अहिले मेरो त्यो गर्छु उसो गर्छु भन्ने केही छैन । मैले त्यस्तो योजना पनि केही बनाएका छैन ।’

प्रहरी नियम र ऐन अनुसार काम कारवाही अगाडी बढाएर अगाडी बढने उनले बताए । ‘तपाइहरुले दिएको सुझाबलाई ग्रहण गर्दै अगाडी बढनेछु,’ एसपी चिमरियाले भने, ‘प्रहरी कार्यालय आएका सेवाग्राहीलाई छिटो र क्षरितो तरिकाले सेवा प्रदान गर्नेछु ।’

जिल्लामा शान्ति सुरक्षा कायम गर्दै चोरी र खुल्ला सीमाबाट हुने तस्करी रोकथाम र नियन्त्रण गरेर अगाडी बढने उनले प्रतिवद्धता जनाए । आर्थिक लेनदेनको विवादमा एसपी नवराज कार्कीलाई आठ महिनामा तानेर गत शुक्रबार प्रहरी प्रधान कार्यालयले राजन लिम्बूलाई काज तोकेको थियो ।

 

एमाले निकटलाई प्रहरी प्रमुखमा पठाएको भन्दै नेपाली काँग्रेसका नेताहरुले लिम्बूलाई मोरङ नपठाउन गृहमन्त्री रमेश लेखकलाई दबाब दिएपछि उनको निर्देशनमा मोरङमा हाजिर न भई लिम्बूको काज फिर्ता गरेर चिमरियालाई पठाएको हो ।

एसपी चिमरियाले सोमबार कार्यबाहक समालेका छन् । उनी यसअघि सुनसरीको दुहबीस्थित नेपाल प्रहरी बिशेष सुरक्षा गणको प्रमुख थिए । । उनको गृहजिल्ला झापा हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर