RUMPUM
animated ellipse animated ellipse

नेपाल खेलकुद महासंघको अध्यक्षमा पर्शुराम बस्नेत निर्वाचित

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

९ फाल्गुन २०७९, मंगलवार १८:१६
1.13k
Shares
विराटनगर / विराटनगरमा सम्पन्न नेपाल खेलकुद महासंघको दोस्रो राष्ट्रिय महाधिवेशनबाट नेकपा एमालेका युवा नेता पर्शुराम बस्नेत अध्यक्षमा निर्वाचित भएका छन् ।

सर्वसम्मत रुपमा बस्नेत अध्यक्ष भएका हुन्। फागुन ७ देखि ९ गतेसम्म सञ्चालन भएको महाधिवेशनबाट निवर्तमान संयोजक बस्नेत निर्वाचित हुँदा पदाधिकारि र आयोगका पदाधिकारि भने केहिदिन पछि मात्रै टुङ्गो लगाइने भएको छ ।

बस्नेत एमाले प्रदेश १ का सचिवालय सदस्य समेतको जिम्मेवारिमा रहेका छन् । बन्द सत्रको दौरानमा अर्घाखाँचीका प्रतिनिधि प्रकाश महतको दुर्घटनामा परि निधन भएपछि बन्दसत्रको हलले सर्वसम्मत नेतृत्व चयन गर्न म्याण्डेड दिएको थियो ।

आज अध्यक्ष बस्नेतसहित १७१ सदस्य केन्द्रीय कमिटी घोषणा भएको छ । टुङ्गिन बाँकी रहेका पदहरु फागुन अन्तिम साता बस्ने केन्द्रीय कमिटीको बैठकबाट टुङ्गो लाग्ने बताइएको छ । यसैबिच नेकपा एमाले विराटनगर महानगरकमिटीका सचिव रोहित कोइराला, शितल राय र शान्ता डंगोल पनि महासंघको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर