लागूऔषधसहित मोरङबाट ५ जना पक्राउ

खबर पूर्वाञ्चल, ८ असार २०७८, मंगलवार १७:२३

विराटनगर /मोरङ प्रहरलिे मोरङको सुनवर्षी नगरपालिका ८ विश्वकर्मा चोकबाट ५ जनालाई लागूऔषधसहित पक्राउ गरेको छ ।

सुनसरीको ईटहरी ७ का ३५ वर्षीय सुजन भन्ने ललित चौधरी, मोरङको कानेपोखरी ७ का २० वर्षीय महेश चौधरी र १९ वर्षीय भत्तेल भन्ने समिर चौधरी, मोरङको पथरी शनिश्चरे नगरपालिका ४ का २५ वर्षीय प्रकाश लिम्बु र २० वर्षीय बिमल तामाङलाई प्रहरलिे पक्राउ गरेको हो ।

प्रहरी चौकी झपडतलबाट खटिएको टोलीले दक्षिणबाट आउँदै गरेको तीनै जना चौधरी सवार प्र–१–०२–०४५प ३९७३ नम्बरको मोटरसाईकललाई रोकेर चेकजाँच गर्दा १४ ग्राम ब्राउन सुगर बरामद भएको जिल्ला प्रहरी मोरङले जनाएको छ ।

यस्तै, प्रहरी चौकी सिक्टीबाट खटिएको टोलीले दक्षिणबाट आउँदै गरेको को ४ प ९१८० नम्वरको मोटरसाईकलमा सवारी लिम्बु र तामाङको साथबाट डाइजेल्याब १०, फेनारगन १०, र ट्रमोल २०० ट्याब्लेट बरामद गरेको छ ।

पाँचै जनालाई इलाका प्रहरी रंगेलीले नियन्त्रणमा लिई कारबाही प्रक्रिया अघि बढाएको मोरङ प्हरलिेले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५