खबर पूर्वाञ्चल
संघका अध्यक्ष डा. डिल्ली पोखरेलको अध्यक्षतामा आयोजित छलफलमा बिभिन्न विषयगत सहकारी संघका प्रतिनिधिहरु, राष्ट्रिय सहकारी बैंक,जिल्ला संघका संचालकहरु, सल्लाहकारहरु र बिभिन्न प्रारम्भिक सहकारी संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
कार्यक्रम सहकारी मूल्य, मान्यता र सिद्धान्त अनुरूप नीति तथा मापदण्डहरू तयार गर्न सम्बन्धित पक्षलाई सहयोग पु¥याउने उद्देश्यका साथ भएको अध्यक्ष पोखरेल बताए । नेपाल राष्ट्र बैंकले मस्यौदामाथि राय–सुझाव प्रस्तुत गर्न माघ मसान्तसम्मको समय सीमा निर्धारण गरेको छ । अध्यक्ष पोखरेलले कोशी प्रदेशको सहकारी अभियान कोतर्फबाट सुझाव संकलन गरी राष्ट्रिय सहकारी महासंघ मार्फत एकीकृत रुपमा नेपाल राष्ट्र बैङ्क मा सुझाव पेश गर्ने बताए।
कार्यक्रममा सहकारी रजिस्ट्रार हरिबहादुर खत्रीले मस्यौदाका कतिपय बुँदाहरू सहकारी मूल्य, मान्यता र सिद्धान्तविपरीत रहेको बताउँदै मस्यौदामा सुधार आवश्यक रहेको धारणा राखे। सो अवसरमा कार्यक्रमका सहभागीहरूले सहकारीलाई कसरी खुम्च्याउन सकिन्छ र यसको प्रभाव अनि उपलब्धिलाई कसरी कम गर्न सकिन्छ भन्ने मनसायबाट मस्यौदा आएको भनि आक्रोश समेत ब्यक्त गरेका थिए ।
सुझावलाई अझ ब्यवस्थित बनाउन रामचन्द्र गौतमको संयोजकत्वमा राकेश दाहाल र ओम सुवेदी सदस्य रहेको तीन सदस्य समिति समेत बनाईएको छ । समितिले तीन दिन भित्रमा संघमा सुझाव पेश गर्न समय निर्धारण गरिएको छ । संघले सहकारी अभियानको दीर्घकालीन हितलाई ध्यानमा राख्दै सबै पक्षको रायलाई समेटेर मस्यौदामा समुचित सुझाव प्रस्तुत गर्ने जनाएको छ ।