AArya
RUMPUM
animated ellipse animated ellipse

भारत तस्कर हुन लागेका ६१ गाँजा बरामद, ६ दिनभित्र २५३ केजी गाँजा सहित २ जनालाइ पक्राउ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१८ श्रावण २०७९, बुधबार १७:५०
171
Shares
विराटनगर / प्रदेश १ को राजधानी विराटनगर महानगरपालिका १४ स्थित भित्री सडक खण्डबाट सिटी सफारीमा लोड गरि लैजादै गरेको अवस्थामा प्रहरीले ६१ केजी गाँजा बरामद गरेको छ ।

आज दिउँसो ११ बजे को २ ह ४६१० नम्बरको सिटीमा तीन वटा बोरामा लोड गरेको ६१ केजी गाँजा इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले बरामद गरेको हो ।

प्रहरीले ६ दिनभित्र २५३ केजी गाँजा सहित २ जनालाइ पक्राउ गरेको छ । यस अघि सोमबार ३६ केजी गाँजासहित भरिया पक्राउ गरेको थियो भने शुक्रबार १५६ केजी गाँजा कोपी बोकेका ट्रकबाट बरामद गरेको थियो ।

प्रहरीले सिटी र गाँजा बरामद गरे पनि सवारी चालकलाई पक्राउ गर्न सकेको छैन । चालक फरार रहेकोले खोजी कार्य तीव्र बनाएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । बरामद गरेको गाँजा विराटनगरको १४ जतुवा हुँदै भारत तस्करी हुन लागेको अवस्थामा प्रहरीले बरामद गरेको हो । भारतबाट तस्करी भएर आएको कपडा विराटनगरस्थित कोशी कोभिड अस्पतालबाट जतुवातर्फ जानेबाटोबाट तस्करी हुन लागेको प्रहरीलाई सूचना आएको थियो । ‘सिटीमा लोड गरेको तीन वटा सेतो बोरा रहेको थियो । सूचना दिने व्यक्तिले कपडा तस्करी भएर आएकोले त्यो सिटी रोक्यो । सिटीबाट उत्रेर चालक फरार भए । त्यसपछि सूचना दिनेले प्रहरीलाई खबर गरेर बोलायो ।

इप्रका रानीबाट खटिएको प्रहरी टोलीले बोरा खोलेर हेर्दा गाँजा रहेछ,’ स्रोतले भन्यो, ‘त्यसपछि प्रहरीले बरामद गरेर इप्रका रानी विराटनगरमा लिएर गएको थियो ।’ अहिले फरार भएको चालक खोज्न प्रहरी लागि परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर