पूर्वाञ्चल खबर

टस हारेर ब्याटिङ गरेको पाहुना टाली बागमतीले १९ दशमलव ४ बलमा सवै विकेट गुमाई १ सय १ रनको स्कोर बनाएको थियो । बागमतीकी सविका यादवले २७ रन बनाउँदा प्लेयर अफ म्याच नेपालको पूर्व खेलाडी अस्मिना कर्मचायले अविजित २२ रनको योगदान दिइन् । इक्वालिटी कप–११ की साक्षी यादवले २ विकेट लिँदा सरस्वती चौधरीले पनि २ विकेट लिइन् ।
१ सय २ रनको चुनौती पाएको इक्वालिटी कप–११ ले १८ ओभरमा सवै विकेट गुमाउँदै ७९ रनमा सिमित भयो । इक्वालिटी कप–११ की कप्तान सानु राजवंशीले २६ रन बनाउँदा सुवेक्षा लिम्बुले २४ रनको योगदान दिइन् । बागमतीकी कृष्मा गुरुङले ३ विकेट लिँदा पार्वती खत्रीले पनि ३ विकेट लिइन् ।