पेट्रोलियम पदार्थको मूल्य घट्यो

खबर पूर्वाञ्चल, १८ असार २०८०, सोमबार २१:२४
666
Shares
काठमाडौं / नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

निगमले आज राति १२ बजेदेखि लागु हुने गरी पेट्रोल ७.५ रुपैयाँ, डिजेल ६ रुपैयाँ र मट्टीतेल ५ रुपैयाँले घटाएको हो ।अब काठमाडौं‚ पोखरा र दिपालयमा पेट्रोलको मूल्य प्रतिलिटर १७० रुपैयाँ पर्ने छ । डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १५० रुपैयाँ पर्ने छ ।

विराटनगर, जनकपुर, वीरगञ्जसहित तराईका जिल्लामा पेट्रोलको मूल्य प्रतिलिटर १६७.५ रुपैयाँ पर्ने छ । डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १४५ रुपैयाँ पर्ने छ । सुर्खेत र दाङमा भने पेट्रोलको मूल्य प्रतिलिटर १६९ रुपैयाँ पर्ने छ । डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १४९ रुपैयाँ पर्ने छ ।

निगमले खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखेको छ । आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर १४ रुपैयाँ तथा बाह्य इन्धनको मूल्य १५ रुपैयाँले घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५