animated ellipse animated ellipse

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ९६३ जनामा कोरोना संक्रमण पुष्टि, अघिल्लो दिनको भन्दा १९० जना बढी

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१९ श्रावण २०७८, मंगलवार १७:२८
1.03k
Shares
विराटनगर /पछिल्लो २४ घण्टामा प्रदेश १ मा ९६३ जनामा कोरोना संक्रमण पुष्टि भउको छ । यो अघिलो लिनको भन्दा १९० ले बढेको हो ।

१ हजार ७२१ जनाको पीसीआर परीक्षण गर्दा ५१७ र १ हजार ५४८ जनाको एन्टिजेन परीक्षण गर्दा ४४६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा २०७, मोरङमा १४२, सुनसरीमा ११७, धनकुटामा १५, उदयपुरमा १३, इलाममा ९, संखुवासभामा ४, पाँचथरमा ३, ते¥हथुममा १ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको छ ।

झापाको विर्तामोडमा ४२, भद्रपुरमा ३४, दमकमा २७, मेचीनगरमा २४, अर्जुनधारमा १९, कनकाई र शिवसताक्षीमा १५–१५, बुद्धशान्तिमा ९, गौरादहमा ७, कमल गाउँपालिका र बा¥हदशीमा ५–५, हल्दिबारीमा ४ र स्थानीय तह नखुलेका १ जनामा संक्रमण देखिएको छ ।

यता मोरङको विराटनगरमा ६२, बेलबारीमा ३७, सुन्दरहरैचामा १३, उर्लाबारीमा ११, पथरीशनिश्चरेमा ९, बुढीगंगामा ४, रंगेलीमा २, कटहरी, कानेपोखरी, केराबारी र स्थानीय तह नखुलेका १–१, सुनसरीको धरानमा ५५, इटहरीमा ४३, रामधुनीमा ६, इनरुवा र बराहक्षेत्रमा ५–५, दुहवीमा १ र स्थानीय तह नखुलेका २ जनामा संक्रमण पुष्टि भएको छ ।

उता धनकुटाको धनकुटाको नगरपालिकामा ११, चौवीसे, छथर, महालक्ष्मी र शहिदभूमीमा १–१, उदयपुरको त्रियुगामा ६, चौदण्डीगढी, बेलका र उदयपुरगढीमा २–२ र स्थानीय तह नखुलेका १, इलामको इलाम नगरपालिकामा ५, फाकफोकथुम, चुलाचुली, रोङ र सुर्योदयमा १–१, संखुवासभाको खाँदबारीमा २, पाँचखपन र स्थानीय तह नखुलेका १–१, पाँचथरको फिदिम, फालेलुङ र स्थानीय तह नखुलेका १–१, ते¥हथुममा १ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ४१३ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १८५ महिला र २२८ पुरुष रहेका छन् । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६ जना महिला र ६ जना पुरुष रहेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर