कतार च्यारिटीद्धारा स्वास्थ्य सामाग्री हस्तान्तरण

खबर पूर्वाञ्चल, २५ बैशाख २०७७, बिहीबार १४:३३

विराटनगर / प्रदेश १ सरकारलाई कतार च्यारिटी नेपालले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।

कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मीका लागि विभिन्न स्वास्थ्य सामाग्रीहरु च्यारिटीले आज सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई सो स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरेको हो । स्वास्थ्य सामाग्री ग्रहण गर्दै मन्त्री घिमिरेले संकटको समयमा सवैको सहयोग आवस्यक रहेको बताए । उनले संकटको समयमा स्वास्थ्य सामाग्री प्रदान गरेकोमा धन्यवाद दिए ।
कतार च्यारिटीले व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) ३ सय थान, आईआर थर्ममिटर २५ ओटा, मास्क, ग्लोब्स लगायत गरि ५ हजार १ सय २५ थान सामाग्री हस्तान्तरण गरेको परियोजना व्यवस्थापक इर्साद अलिशेखले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

KVM

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५