RUMPUM
animated ellipse animated ellipse

मोर्डन एराले मनायो अभिभावक दिवस

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१२ फाल्गुन २०८०, शनिबार १८:१७
3.85k
Shares
विराटनगर / विराटनगर– ३ मा रहेको मोर्डन एरा स्कुलले अभिभावक दिवस मनाएको छ ।

स्कुल परिसरमा एक भव्य कार्यक्रम आयोजना गरी अभिभावक दिवस मनाएको हो ।

अभिभावक दिवसको अवसरमा मोर्डन एरा अध्ययन गरेका पाँच जना विद्यार्थीहरुलाई सम्मान गरेको छ । एमबीबीएस र इन्जिनियरिङमा नाम निकाल्ने विद्यार्थीहरुलाई स्कुलले सम्मान गरेको हो । जसमा आयूषा पोखरेल, अमित यादव, नितेस पोखरेल, निरज रेग्मी र रोहन खतिवडालाई स्कुलले सम्मान गरेको छ ।

सम्मानित भएका विद्यार्थीहरूलाई कार्यक्रमको प्रमुख अतिथि कोशी प्रदेश सांसद भीम पराजुलीले कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरे ।

सोही अवसरमा विद्यार्थीहरुले सांस्कृतिक नृत्य, फेशन शो र नृत्य प्रस्तुत गरी सहभागि भएका अभिभावक र अथितिहरूलाई दिनभरी रमाइलो गरे ।

मोर्डन ऐराले अभिभावक दिवस दुई दिनसम्म विविद्य कार्यक्रम आयोजना गरी मनाउने गरेको छ । यस वर्ष पनि स्कुलले ‘मोर्डन एरा लिटल च्याम्प्स प्रतियोगिता सम्पन्न गरेको छ । स्कुल परिसरमा शुक्रबार एक भव्य कार्यक्रम आयोजना गरी मोर्डन एरा लिटल च्याम्प्स सम्पन्न भएको हो ।

छुट्टा –छुर्ट तीन विधामा मोर्डन एरा लिटल च्याम्प्स प्रतियोगिता भयो । सिंगीनतर्फको प्रथम दिवस न्यौपाने, डान्सिङ्ग सिनियरतर्फको प्रथम अनुसुया पौडेल, जुनियरतर्फको प्रथम सृष्टिका पराजुली र मोडलिङतर्फको प्रथम आभा चौधरी भइन् ।

सिंगीनतर्फको पब्लिक च्वाइस एवार्ड अभिनव दाहाल, डान्सिङ्ग सिनियरतर्फको सिनियर पब्लिक च्वाइस एवार्ड रिपुजा आचार्य, जुनियरतर्फको पब्लिक च्वाइस एवार्ड सदिक्षा खड्का घोषित भइन् ।

मोडलिङतर्फको प्रथम रनरअप लिजा खत्री, सेकेन्ड रनरअप सम्पदा पराजुली र पब्लिक च्वाइस एवार्ड करुना बस्नेत भइन् ।

उक्त प्रतियोगिताको सिंगिनमा ८ जना, डान्सिङमा १३ जना र मोडलिङमा १२ जना प्रतियोगि फाइनलमा पुगेका थिए ।

प्रतियोगिताको डान्समा रुपेश विश्वास, प्रकाश तिम्सिना, गायनमा सुमन श्रेष्ठ, मोडलिङमा इश्वर बास्कोटा र सन्चिता महतो निर्णायक रहेका थिए ।

स्कुलले अभिभावक दिवसको अवसर पारेर प्रत्येक वर्ष विद्यार्थीहरुमा भएको प्रतिभा उजार गर्न यस्तो प्रतियोगिता आयोजना गर्ने गरेको प्रिन्सिपल इन्द्र राईले जानकारी दिए । कार्यक्रममा बोल्दै प्रिन्सिपल राईले विद्यार्थीहरूलाई अतिरिक्त क्रियाकलापहरुसँगै गुणस्तरीय शिक्षा प्रदान गरी अगाडी बढेको बताए । विद्यार्थीहरुलाई सिपसहितको संस्कारयुक्त शिक्षा मोर्डन एराले दिदै आएको उनले बताए । गुणस्तरीय शिक्षा प्रदानमा स्कुलले कुनै पनि कसुर बाँकी नराखेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर