AArya
RUMPUM
animated ellipse animated ellipse

खेल क्षेत्रको बजेट घटाएको भन्दै सामाजिक विकास मन्त्रीसँग सदस्य(सचिव बस्नेत आक्रोशित

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१९ असार २०८२, बिहीबार १८:३७
495
Shares
विराटनगर / कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेत ((पर्शुराम) बोर्डको २९ औँ बैठकमा खेलक्षेत्रको बजेट घटाएको भन्दै सामाजिक विकास मन्त्री तथा बोर्डका अध्यक्ष पाँचकर्ण राईप्रति चर्को असन्तुष्टि र आक्रोश व्यक्त गरे।

आज विराटनगर स्थित बोर्डको कार्यालयमा सम्पन्न बैठकमा मन्त्रालयले लय समातिरहेको प्रदेशको खेलकुद क्षेत्रको लय बिथोल्ने गरि बजेट निर्माण गरेको भन्दै सदस्य सचिव बस्नेतले आक्रोश व्यक्त गरेका हुन्।

बस्नेतले खेलकुद विकास बोर्डले खेलाडीहरू खेलेरै जीवनयापन गर्न सक्ने अवस्था निर्माण गर्ने गरि काम गरिरहेको बेला मन्त्रालयले बोर्डको लक्ष्यलाई धक्का पुग्ने काम गरेको धारणा व्यक्त गरे। उनले मन्त्रालयको बजेट बढेको अवस्थामा समेत खेल क्षेत्रलाई उपेक्षा गरेर बजेट विनियोजन गरेको भन्दै मन्त्रालयको कदमको बोर्डका सम्पूर्ण सदस्य र खेल क्षेत्रले नै प्रतिवाद गर्ने बताए।

बैठकमा बोल्ने अधिकांश बोर्ड सदस्यहरूले मन्त्रालयले खेलक्षेत्रलाई नजरअन्दाज गर्ने किसिमको बजेटको विरोध गरे। बैठकले कोशी प्रदेशको प्रतिनिधित्व गर्दै १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडीलाई असार २२ गते विराटनगरमा सम्मान गर्ने निर्णय गरेको बोर्डका कार्यालय प्रमुख कालिदास भट्टराईले जानकारी दिए। उनले बोर्डले खेलाडीसाथै खेल क्षेत्रमा लामो समय सम्म योगदान गर्ने अग्रज खेलकर्मीलाई सम्मान गर्ने निर्णय गरेको बताए।

त्यस्तै, बैठकले १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रदेश स्तरीय छनोट प्रतियोगिता सहभागी नभएका सुनसरी, खोटाङ र सोलुखुम्बुलाई के कति कारणले सहभागी हुन नसकेको भन्दै स्पष्टिकरण सोध्ने निर्णय समेत गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर