खबर पूर्वाञ्चल
आज साँझ ५ बजेर २० मिनेटमा मोरङको ग्रामथान गाउँपालिका–२ की ७० वर्षीया वृद्धाको उपचारका क्रममा मृत्यु भएको अस्पतालका प्रमुख डा. दिपक सिग्देलले जानकारी दिए ।
वृद्धालाई हिजो संक्रमण पुष्टि भएको थियो । सोही दिन राति स्वास्थ्यमा समस्या थपिएपछि उनलाई कोशी अस्पताल हुँदै कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।
अस्पतालको आईसीयूमा राखेर उनको उपचार भइरहेकोमा मृत्यु भएको हो । उनलाई चिन्ताजनक अवस्थामा अस्पताल ल्याइर्पुयाइएको डा. सिग्देलले बताए ।
वृद्धमा ज्वरो आउने र श्वास फेर्न गाह्रो हुनेलगायतका समस्या रहेको अस्पतालले जनाएको छ । योसगै कोशी कोभिड अस्पतालमा