animated ellipse animated ellipse

पसल खोल्न पाउनुपर्ने माग राख्दै विराटनगरका व्यापारीको विरोध

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१६ जेष्ठ २०७७, शुक्रबार २१:४९
36
Shares
विराटनगर / लकडाउनको ६६ दिनसम्म बल्द भएका विराटनगर जलजला मोडका कपडा, फर्निचर व्यापारीहरु पसल खोल्न पाउनुपर्ने माग राख्दै विरोधमा उत्रिएका छन् ।

लकडाउनमा भाटभाटेनी, सेन्ट्रल मल, बैंक वित्तिय संस्थालगायत सरकारले खोल्न दिएको भन्दै व्यापारीहरुले विराटनगरमा पसल खोल्न पाउनुपर्ने माग राख्दै आज विरोधमा उत्रेका हुन् ।

ठुलठुला सपिङ सेन्टर खोल्न दिने सानसाना व्यापार, व्यवसाय बन्द गर्ने क्रियाकलापले सरकार र प्रहरी प्रशासनबाट असमान व्यवहार भएको न्यू डट कपडा पसलका सञ्चालक राम साहले आक्रोश व्यक्त गरे । सरकारले लकडाउनको घोषणा गरेसँगै पसल बन्द भएको आज ६६ दिन बितिसक्दा आफूसँग भएको पैसा सकिएको र अब भोलिका दिन के गर्ने भन्ने अन्यौलमा रहेको उनले बताए । उनको अनुसार सबै कपडा व्यापारी मिलेर जिल्ला प्रशासन कार्यालय गएको भए पनि कुनै खाल्को प्रतिकृया नआए पछि निरास हुँदै फर्किएको उनले जानकारी दिए ।

अर्का गृहस्ति भाडा पसलका संचालक विराट अग्रवाल भन्छन्( ‘२ महिनादेखि पसल बन्द छ, ३ जना स्टाफलाई काम नभए पनि भोकै राख्नु भएन परिवारसँगै स्टाफ पाल्न अब धौ, धौ पर्न लाग्यो । यतिका दिनसम्म सरकारले घोषणा गरेको लकडाउनको पालना गर्दै घरैमा बस्यो अब त गाह्रो हुन्छ ।’
आर्थिक वर्ष २०७७–७८ को बजेटले हामी जस्ता व्यापारीलाई सरकार समेटेन अर्का कपडा व्यापारी गौतम ईन्टरप्राईजरका संचालक सन्तोष गौतमले बताए । उनको पनि कथा उस्तै छ । स्टाफलाई कसरी हेर्ने, यो कठिन परिस्थितिमा काम गर्नेलाई वेवास्ता गर्न मानवताले पनि नदिने भएकाले काम नभए पनि आधा पैसा दिने गरेको उनले बताए ।

लकडाउनको लामो समयले व्यापारीहरु मारमा परेका महसुस गर्दै तीनै तहको सरकारसँग समन्वय गरिरहेको विराट व्यापार संघका अध्यक्ष सुजन थापाले जानकारी दिए । उनका अनुसार सम्बन्धित निकाय साथै प्रदेश सरकारसँग छलफल गरेर केहि दिनमा कपडा पसल पनि खोल्ने तयारी भइरहेको छ ।

वडा प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायव उपरिक्षक डिएसपी वेदप्रसाद गौतमका अनुसार विहान १० बजेसम्म खाद्यन्न, पुस्तक पसल ईलेक्टोनिक हार्डवेयर पसल खोल्न दिएको छ ।

प्रदेश सरकारले तोकिएको बमोजिम पसल खोल्न दिएकाले नेपाल सरकारले तोकिएको लकडाउनको पालना गर्दै २० गतेसम्म लकडाउको पालन गर्न व्यापारीहरुलाई अनुरोध गरिएको डिएसपी गौतमले बताए । लकडाउनको लामो समय भएकाले व्यापारीहरुको आक्रोसलाई नियन्त्रण गर्न प्रहरीलाई गाह्रो परेको गौतमको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर