खबर पूर्वाञ्चल
आज सम्पन्न भएको सिरिजको अन्तिम सिमित ओभरको खेलमो पिसिसिएले भारतको महिला टोलीलाई ४९ रनले पराजित गरेको छ ।
नेपाल क्रिकेट फाउन्डेसनको आयोजनामा विराटनगर–६ मा रहेको मेल्बन ज्वाला विराटनगर क्रिकेटको खेल मैदानमा टस जितेर ब्याटिङ गरेको विसिसिएले निर्धारित ३० ओभरमा ४ विकेट गुमाई १ सय ४४ रनको स्कोर बनाएको थियो । घरेलु टोलीका लागि कप्तान रुविना क्षेत्रीले ५९ रन बनाउँदा सम्झना खडकाले नटआउट २४ रन बनाइन् । भारतकी कप्तान रितु भोस्लले सर्वाधिक २ विकेट लिए ।
जवाफमा १ सय ४५ रनकोे लक्ष्य पछ्याएको पाउना टोली भारतिय महिला टोलीले २६ दशमलव १ बलमा ९५ रनमा सिमित भयो । भारतकी रितु भोस्लेले १८ रन बनाउँदा दिक्षा सिंहले १३ रन बनाइन् । विसिसिएकी अस्मीता कर्मचार्र्यले ३ विकेट लिँदा कविता जोशी २ विकेट लिइन् ।
खेलको वुमन अफ म्याच विसिसिएको कप्तान रुविना क्षेत्री घोषित भइन भने वुमन अफ द सिरिज पनि क्षेत्री नै भइन् । त्यस्तै उत्कृट ब्याटर विसिसिएकी सम्झना खडका र उत्कृष्ट बलर पनि विसिसिएकी अस्मीता कर्मचार्र्य घोषित भइन ।
विजयी खेलाडिलाई प्रमुख अतिथि विराटनगर महानगर पालिकाका उपमेयर शिल्पा निराका कार्की, क्यानका कोषाध्यक्ष रोशनकुमार सिंह, आयोजकका अविशेक श्रेष्ठ र र रेडमण्डक्याफेका प्रमेश हुमागाईले वितरण गरे