animated ellipse animated ellipse

कर वृद्धिको विरोधमा मोरङको रङेली नगरपालिकामा सत्तारुढ दल काँग्रेसले सुरु गरेको आन्दोलन अराजकतातर्फ उन्मुख

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२८ भाद्र २०८१, शुक्रबार १५:४३
144
Shares
विराटनगर/कर वृद्धिको विरोधमा मोरङको रङेली नगरपालिकामा सत्तारुढ दल नेपाली काँग्रेसले एकसाताबाट सुरु गरेको आन्दोलन अराजकतातर्फ उन्मुख हुँदै गएको छ ।

करवृद्धीको विरोधमा नेपाली कांग्रेसको अन्दोलन थालेको हो । कांग्रेसको अगुवाइमा भइरहेको आन्दोलन थप उग्र बन्दै गएको हो । आन्दोलनकारीले प्रदर्शन गर्दै आज रंगेली बजार र यातायात बन्द गराएका छन् । मुख्य सडकमा रोक लगाइएपछि प्रहरीले भित्री सडकबाट सवारीसाधन संचालन गराएको छ ।

आन्दोलनका कारण नगरपालिकाको काम काज ठप्प भएको छ । आन्दोलनकारीहरुले आज बजार र यातायात समेत बन्द गरेका छन् ।

आन्दोलनकारीले आज विहान कर्मचारीमाथि हातपात एवं दुर्व्यवहार गरेका छन् । रङेली नगरपालिकाका प्रवक्ता ढकप्रसाद आचार्यले आन्दोलनकारी नगरपालिका गेटमा बसेर कर्मचारीलाई कार्यालय प्रवेशमा अवरोध गरेको बताउनुभयो ।

त्यस क्रममा १ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । रङ्गेली नगरपालिकाले विभिन्न शीर्षकमा कर वृद्धि गरेपछि आन्दोलन सुरु भएको हो । आन्दोलनमा ऐक्यबद्धता जनाउन विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालासमेत गत बुधवार पुगेका थिए ।

धनपालथान गाउँपालिकाका अध्यक्ष जीवछप्रसाद गच्छदार पनि बिहीबार आन्दोलनमा साथ दिन पुगेका थिए। एक पालिकाका प्रमुख अर्को पालिकामा गएर अन्दोलन गर्न थाले पनि विवादित बन्दै गएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर