AArya
RUMPUM
animated ellipse animated ellipse

संसद विघटन विरूद्ध चार दलको प्रर्दशन

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

६ पुष २०७७, सोमबार १८:५०
720
Shares
विराटनगर / प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन गर्ने असंवैधानिक कदमविरुद्ध मोरङका प्रमुख चार दलले संयुक्त रूपमा विरोध प्रर्दशन गरेका छन् ।

आज विराटनगरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली काँग्रेस, संघिय समाजबादी पार्टी र राजपा मोरङले संयुक्त रूपमा विरोध प्रर्दशन गरेका हुन् ।

विराटनगरस्थित तीनपैनी चौकमा भेला भइ विरोध प्रर्दशनसहितको ¥याली बुधहाट चौकमा आएर कोण सभामा परिणत भएको थियोे ।

सभामा बोल्दै नेकपा मोरङका सचिब गणेश उप्रेती सुशिलले संसद विघटनको निर्णय असंवैधानिक भएकाले मान्य नहुने बताए । संविधानले प्रतिनिधि सभा विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई नदिएको उनले बताए ।

कार्यक्रममा नेपाली काँग्रेस मोरङका सचिब नागेश कोइरालाले ओलीको असंवैधानिक निर्णाय सच्याउन लोकतन्त्रबादी पार्टी एक ढिलो भएर अगाडी बढनुपर्ने बताए । ओलीले गरेको संसद बिघटन असंवैधानिक र गैरराजनैतिक भएको उनले बताए । यस्तै संघिय समाजवादी पार्टीका केन्द्रीय सदस्य जयराम यादवले राष्ट्रप्रमुख र कार्यकारी प्रमुख दुवैले असंवैधानिक र अलोकतान्त्रिक कदम चालेको बताए । असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्धमा सबै लागेर दबाव सृजना गरेर सच्याउनका निम्ति बाध्य पार्न हरसम्भव प्रयास गरिनुपर्ने बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर