ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

वि डिभिजन क्रिकेटमा विसिसिए र जहदालाई सफलता

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१९ माघ २०८०, शुक्रबार १८:२२
468
Shares
विराटनगर / मोरङ जिल्ला स्तरिय वि डिभिजन क्रिकेट प्रतियोगिता अन्तरगत विराटनगरको वैजनाथ क्रिकेट मैदानमा भएको खेलमा विराटनगर क्रिकेट क्लव(विसिसिए)र जहदा विजयी भएका छन् ।

पहिलो खेलमा विसिसिएले युनाइटेड क्रिकेट क्लवलाई ७८ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको विसिसिएले निर्धारित २५ ओभरमा ४ विकेट गुमाई १ सय ५३ रन बनाएको थियो । जस्मा म्यान अफ द म्याच राहुल चौधरीले ५५ रन बनाउँदा धिरज कामत अविजित ४६ रन बनाए । युनाइटेडका सुवास राय, अंकित मण्डल र रवानी अन्सारी समान १–१ विकेट लिए ।

१ सय ५४ रनको विजयी लक्ष पछ्याएको युनाइटेडले १८ दशमलव ४ बलमा सवै विकेट गुमाई ७५ रन बनायो । जस्मा यूनिक भट्टराईले २२ रन र सुरज श्रेष्ठले १० रनको योगदान दिए । विसिसिएका कृतिक कामतले ४ विकेट लिँदा अविशेक मण्डलले ३ विकेट लिए ।

दोस्रो खेलमा जहदा क्रिकेट एकाडेमीले कटहरी क्रिकेट क्लवलाई १० रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको जहदाले निर्धारित २५ ओभरमा ९ विकेट गुमाई १ सय २२ रन बनाएको थियो । जस्मा म्यान अफ द म्याच सुमन राजवंशीले ३२ रन बनाउँदा त्रिलोक राजवंशीले १५ रन बनाए । कटहरीका अविशेक कामतले ३ विकेट लिँदा किशन कामतले २ विकेट लिए ।

१ सय २३ रनको विजयी लक्ष पछ्याएको कटहरीले २३ दशमलव ४ बलमा सवै विकेट गुमाई १ सय १२ रन बनायो । जस्मा श्रवणकुमार राँयले सर्वाधिक २८ रनको योगदान दिए । जहदाका पाण्डव मण्डलले २ विकेट, विशाल मण्डल र राजेश कामतले २–२ विकेट लिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर