animated ellipse animated ellipse

गोयलले गरे विराटनगरको कालीमन्दिरलाई १ लाख १ हजार रुपैयाँ प्रदान

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२४ असार २०७९, शुक्रबार १६:५६
423
Shares
विराटनगर / वरिष्ठ समाजसेवी दीनबन्धु गोयलले विराटनगरको काली मन्दिर व्यवस्थापन समितिलाई १ लाख १ हजार रुपैयाँप्रदान गरेका छन् ।

समाज सेवी गोयलले काली मन्दिरमा भइरहेको शृङ्गार कार्यकालागि १ लाख १ हजार रुपैयाँ प्रदान गरेका हुन् । गोयलले आज व्यवस्थापन समितिका अध्यक्ष डा. मीनाक्षी नेपाल र निवर्तमान अध्यक्ष सुदर्शनबहादुर श्रेष्ठलाई रकमको चेक हस्तान्तरण गरे ।

गोयल आफ्ना स्वर्गीय दाजु ओम प्रकाशका नाममा विगत डेढ दशकदेखि समाजसेवामा सक्रिय छन् । व्यवस्थापन समितिका अध्यक्ष डा. नेपालका अनुसार मन्दिरको वाह्य शृङ्गारको कार्य १ करोड १५ लाख रुपैयाँ खर्चमा सकिएको छ । अब ४० लाख रुपैयाँका खर्चमा आन्तरिक शृङ्गारको काम भइरहेको छ ।

अध्यक्ष डा. नेपालले २० गेजको तामाको पातामा गोल्डेन कलर गरेर मन्दिरको शृङ्गार भइरहेको जानकारी दिइन् ।

शृङ्गारको काम काठमाडौंको होसन्न इन्टरप्राइजेज प्रालीले गरिरहेको छ ।
होसन्न इन्टरप्राइजेजले तामाको पाताको १ सय र गोल्डेन कलरको १२ वर्षको ग्यारेन्टी दिएको छ ।

अध्यक्ष डा. नेपालले शृङ्गारकार्य सकिएपछि मन्दिर नेपाली शैलीको कलात्मक, आकर्षक र भव्य हुने बताइन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर