AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

शैक्षिक गुणस्तर सुधारका लागि समुदाय परिचालन आवस्यक : मन्त्री घिमिरे

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१५ असार २०७७, सोमबार २०:१६
3
Shares
फाइल तस्वीर
विराटनगर / प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले सामुदायिक विद्यालयलाई श्रोत सम्पन्न बनाउनका लागि समुदाय परिचालन आवस्यक भएको बताएका छन् ।

झापाको दमक नगरपालिकाले विद्यालय शैक्षिक गुणस्तर सुधार संवन्धिको अनलाईन कार्यक्रममा आज मन्त्री घिमिरेले सो कुरा बताएका हुन् । समुदायलाई परिचालन गर्न सके विद्यालयका लागि आवस्यक सामाग्री जुटाउन सहज हुने मन्त्री घिमिरेले बताए । तीनै तहको सरकारको श्रोतको सीमा हुने भएकाले एकै स्थानमा मात्र बढी खर्च गर्न नसकीने मन्त्री घिमिरेले बताए ।समुदाय परिचालन गर्न सके शैक्षिक गुणस्तर सुधारका लागि आवस्यक पर्ने सामाग्री जुटाउनका लागि समस्या नहुने उनले बताए ।

विद्यालयमा समुदाय परिचालन गर्नका लागि सामाजिक विकास मन्त्रालयले पूर्व विद्यार्थी समाज गठनको अवधारणा ल्याएको बताए । मन्त्री घिमिरेले भने,‘ पूर्व विद्यार्थी विभिन्न तह र स्थानमा हुन्छन्, उनीहरुलाई परिचालन गर्न सके आवस्यक सामाग्री जुटाउन सहज हुन्छ ।’ मन्त्री घिमिरेले विद्यालय शिक्षाको शैक्षिक गुणस्तर सुधारका लागि विद्यालय मितेरी सम्बन्ध कार्यक्रम, इ–एजुकेशनको व्यवस्थापन, पूर्व विद्यार्थी समाज गठन र परिचालन, आमा समुह गठन र परिचालनको काम भईरहेको मन्त्री घिमिरेले बताए ।

प्रविधिमैत्री विद्यालय हुनका लागि शिक्षक पनि दक्ष हुनुपर्नेमा मन्त्री घिमिरेको जोड छ । शिक्षक दक्ष भए मात्रै विद्यार्थीले दक्षता आर्जन गर्न सक्ने उनले बताए ।

प्रदेश १ ले शुरु गरेको अभियानले अन्य प्रदेशमा पनि सिकाईको आधार तयार भएको मन्त्री घिमिरेले बताए । विद्यालय शिक्षाको शैक्षिक गुणस्तर सुधार कार्यक्रम संवन्धि सामाजिक विकास मन्त्रालयले गरेको काम र उपलब्धीबारे मन्त्रालयका तर्फबाट हिक्मत वस्नेतले प्रस्तुती गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर