animated ellipse animated ellipse

रंगेलीमा लागूऔषधसहित दुई जनालाई पक्राउ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२१ भाद्र २०८१, शुक्रबार २१:२७
36
Shares
विराटनगर / इलाका प्रहरी कार्यालय रंगेलीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेका छ ।

मोरङ सुनवर्षी नगरपालिका ८ हर्चनगढी टोलमा बस्ने २८ वर्षिय प्रदिपकुमार राजवंशी र सोही ठाउँका २२ वर्षीय अपसर आलम लागूऔषधसहित पक्राउ परेका हुन् ।

उनीहरु बिगत केही समयदेखि प्रतिबन्धित लागू औषधहरु ठुलो मात्रामा भारतबाट खरिद गरी लुकाई छिपाई नेपाल भित्र्याई बिभिन्न स्थानहरुमा बेचबिखन कारोबार गर्दै आएका प्रहरीले जनाएको छ।

भदौ १९ गते सुनवर्षी नगरपालिका ६ खिर्कीडाँगी स्थित डायनिया –अमरदह भित्री सडक खण्डमा प्रहरी टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट प्रहरीले लागूऔषध बरामद गरेको मोरङ प्रहरीले जनाएको छ । ‘प्रदिपकुमार राजवंशी र अप्सर आलम मे ६ प १८२८ नं. को स्कुटरमा सवार भई दक्षिणबाट उत्तरतर्फ जादै गरेको अवस्थामा प्रहरी टोलीले उनीहरुलाई रोक्न खोज्दा आलमले चलाएको स्कुटरको गति एक्कासी बढाई तिव्र गतिमा भाग्ने क्रममा स्कुटरको पछाडि सवार प्रदिपले साथमा बोकेको रातो रंगको बजारे झोला स्कुटरबाटै बाटोको छेउ धानखेतमा फ्याँकी फरार भएका थिए ।

उक्त शंकास्पद झोला खोली चेकजाँच गर्दा झोला भित्र प्रतिबन्धित लागूऔषध बरामद भएको हो,’ मोरङ प्रहरीका डिएपी ज्ञानेन्द्र बस्नेतले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर