AArya
RUMPUM
animated ellipse animated ellipse

उपभोग्य मिति नाघेको खाद्यवस्तु बिक्री गर्ने विराटगनरका दुई वटा पसललाई कारवाही

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२६ असार २०७७, शुक्रबार २०:४०
3
Shares
विराटनगर / उपभोग्य मिति नाघेको खाद्यवस्तु बिक्री गर्ने विराटगनरका दुई वटा पसल आज कारवाही गरिएको छ ।

आज विराटनगरमा अनुगमनका क्रममा भेटिएपछि विराटनगर – ९ महाबिर रोडस्थित क्वालिटी सर्कल र गुद्रिको शिव फुट सेन्टरलाई कारवाही गरिएको हो । दुवै पसलमा उपभोग्य मिति नाघेको वस्तु बिक्री भएको पाइएको र बिल बिजक नराखि सामान बिक्री गरेको पाइएपछि कारवाही गरेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरका प्रमुख हिमालय बरालले जानकारी दिए ।

कार्यालयले क्वालिटी सर्कललाई २० हजार र शिव फुट सेन्टरलाई १० हजार रुपैयाँ जरिवना गरेको छ । उपभोक्ता संरक्षण ऐन २०७५ को दफा १६ मा कुनै पनि निकायले अनुचित व्यवसाय जन्य क्रियाकलाप गर्न नहुने उल्लेख गरिएको छ । अनुगमनको क्रममा अनुचित कार्य गरेको फेला परेपछि उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ को ‘ङ’ बमोजिम उपभोग्य मिति नाघेको र खरिद बिल बिजकबीना खाद्य सामग्री बेचबिखन गरेको पाइएपछि कारवाहीको दायरमा ल्याएको कार्यालय प्रमुख बरालले बताए ।

आजै विराटनगरको गुद्रि स्थित बालाजी घ्यु उद्योगमा पनि अनुगमन टोलीले अनुगमन गरेको छ । उत्कादकले मापदण्ड अनुसार उत्पादन गरेकोमा आशंका भएपनि नमुना परीक्षणका लागि लगेको बरालले जानकारी दिए ।

कार्यालयले चालु आर्थिक वर्ष २०७६÷७७ मा १५० व्यवसायिक फर्महरुको अनुगमन गरेको छ । ति फर्महरु अनुगमनका क्रममा कानून विपरित बिक्री वितरण र कारोवार गर्ने पसल, उद्योग आदिलाई जरीवानासमेत गरेको कार्यालय प्रमुख बरालले जानकारी दिए । उनका अनुसार चालु वर्षमा विभिन्न फर्महरुले १२ लाख ८५ हजार रुपैयाँ जरिवाना तिरेका छन भने धेरैलाई सचेत गराउने काम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर