AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

मोरङमा भोलि हुने निर्वाचनको सवै तयारी पुरा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२० फाल्गुन २०८२, बुधबार १७:५४
144
Shares
विराटनगर/ मोरङमा भोलि हुने निर्वाचनको सवै तयारी पुरा भएको छ । ८८८ वटा मतदान केन्द्र र २ वटा अस्थायी मतदान केन्द्र गरि ८९० वटै केन्द्रमा मतदानको सवै तयारी पुरा भएको मुख्य निर्वाचन अधिकृत चित्रबहादुर गुरुङले जानकारी दिए ।

मतदान सम्पन्न लगत्तै मतगणनाका लागि पनि तयारी पुरा भएको मुख्य निर्वाचन अधिकृत गुरुङले बताए । ६ वटा निर्वाचन क्षेत्रमै मतगणना गर्ने गरि सवै तयारी सकिएको उनले बताए । मुख्य निर्वाचन अधिकृत गुरुङले भने,‘ हामी भोलि विहान ७ वजेको पर्खाइमा छौं ।’

मतगणना शुरु भएको २४ घण्टा भित्रमा प्रत्यक्ष तर्फको गणना सकिने उनले बताए । मुख्य निर्वाचन अधिकृत गुरुङका अनुशार क्षेत्र नं १ को उर्लाबारी नगरपालिका, २ को विश्वनाथ मन्दिर सिजुवा, ३ को भगवती मावि–बेलबारी, ४ को जनता नमूना मावि, ५ को सुनसरी–मोरङ सिंचाई आयोजना कार्यालय र क्षेत्र नं. ६ को आदर्श मावि विराटनगरमा मतगणना हुने छ ।

मोरङका प्रमुख जिल्ला अधिकारीले मतदानसँगै मतपेटिका ओसार्ने, मतगणनाको सुरक्षा सवै तयारी गरिएको प्रमुख जिल्ला अधिकारी यूवराज कट्टेलले जानकारी दिए ।

मोरङ क्षेत्र नं. १ बाहेकका क्षेत्रका मतपेटिका केही समय भित्रमै मतगणना स्थल पुग्ने उनले बताए । मोरङ क्षेत्र नं. १ का केराबारी–२, मिक्लाजुङ–१ को मतपेटिका मतगणनास्थल उर्लाबारी नगरपालिका ४ घण्टा भित्र पु¥याउने गरि तयारी गरिएको उनले बताए । उनका अनुसार सवै भन्दा बढी मोरङ ३ को सुकुना क्याम्पसमा १० वटा मतदान केन्द्र छन् ।

मोरङमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र निर्वाचन प्रहरी गरी सात हजार ८५१ जना सुरक्षाकर्मी परिचालन भएका छन् । सुरक्षाका दृष्टिले ४७ मतदान केन्द्र अतिसंवेदनशील, १२५ संवेदनशील वर्गीकरण गरिएको छ ।

६ वटा निर्वाचन क्षेत्र रहेको मोरङमा सात लाख ८३ हजार ५० मतदाता छन् । ११० उम्मेदवार प्रतिष्पर्धामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर