महानगरले सडक सौन्दर्यकरण अभियान सञ्चालन गर्ने

खबर पूर्वाञ्चल, ३० भाद्र २०७९, बिहीबार २०:०६
612
Shares
विराटनगर / विराटनगर महानगरपालिकाले सडक सौन्दर्यकरण अभियान सञ्चालन गर्ने भएको छ ।

संविधान दिवसको अवसर पारेर महानगरले सडक सौन्दर्यकरण अभियान सञ्चालन गर्न लागेको हो । महानगरले संविधान दिवसको दिन असोज ३ गते प्रदेश सरकारसँग मिलेर वृक्षारोपण गर्ने भएको छ । त्यसपछि भने विराटनगरका सबै सामाजिक संघसंस्थाहरुको सहयोगमा वृहत रुपमा सरसफाई अभियान अगाडि बढाइने महानगरका मेयर नागेश कोइरालाले जानकारी दिए ।

आज महानगरले मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल, मोरङ प्रहरीका प्रमुख एसपी शान्तिराज कोइराला, जिल्ला वन कार्यालय मोरङका प्रमुख अनिरुद्धकुमार साह, मोरङ ट्राफिकका प्रमुख राजकुमार कार्कीसहित मोरङ व्यापार संघ, उद्योग संगठन, विराट व्यापार संघ, भाटभटेनी सुपर मार्केलगायतका प्रतिनिधिहरुलाई बोलाएर सडक सौन्दर्यकरण अभियानका विषयमा छलफल गरेको छ ।

संविधान दिवसको दिन महानगरले रानी नाकादेखि बरगाछीसम्म प्रदेश सरकारसँग मिलेर वृक्षारोपण गर्ने तयारी गरेको छ । त्यसपछि सबै नर्सरी सञ्चालकसहित सबै सरोकारवालालाई बोलाएर अभियानका विषयमा व्यापक छलफल गरिने मेयर कोइरालाले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५