AArya
RUMPUM
animated ellipse animated ellipse

उदयपुरबाट ठूलो परिमाणमा गाँजा बरामद

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१७ चैत्र २०८१, आईतवार १८:५३
45
Shares
विराटनगर / उदयपुरबाट प्रहरीले ठूलो परिमाणमा बेवारिसे अवस्थाको लागुऔषध गाँजा बरामद गरेको छ ।

बेलका नगरपालिका–६ स्थित मूर्ति खोला किनारमा बेवारिसे अवस्थामा रहेको ८ सय ९१ किलो ४ सय २३ ग्राम गाँजा बरामद भएको कोशी प्रदेश प्रहरी प्रवक्ता एसएसपी भीमबहादुर दाहालले बताए । उनका अनुसार विशेष सूचनाका आधारमा शनिबार जिल्ला प्रहरी कार्यालय उदयपुर र इलाका प्रहरी कार्यालय रामपुर ठोकशीलाबाट खटिएको टोलीले ३९ वटा बोरामा ‘प्याक’ गरेर लुकाइछिपाइ राखिएको अवस्थामा गाँजा फेला पारेको थियो ।

बरामद भएको गाँजा प्रहरीले इलाका प्रहरी कार्यालय रामपुर ठोकशीलामा राखेको छ । गाँजा कसले लुकाएर राखेको हो भन्ने यकिन छैन । एसएसपी दाहालका अनुसार गाँजा ओसारपसारमा संलग्न खोजतलास भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर