खबर पूर्वाञ्चल
कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको उपस्तिथिमा कोषका कार्यकारी अधिकृत रमेशकुमार घिमिरे र मुख्यमन्त्री कार्यलयका उपसचिव अर्जुनकुमार निरौलाले हस्ताक्षर गरे। यो समझदारी पछि कोशी प्रदेशका सर्वसाधारण नागरिकमा उधमशिलताको विकास र रोजगार सिर्जना गर्न सहयोग पुग्नेछ । यो समझदारीले सर्बसुलभ कर्जा प्रबाह गर्न बैंक तथा बित्तिय संस्थालार्इ प्रोत्साहित गर्ने समझदारी पत्रमा उल्लेख्य छ ।
मझदारी पत्र हस्ताक्षर समारोहमा मुख्यमन्त्री कार्कीले यो समझदारीले प्रदेशमा रोजगारी सिर्जना गर्न महत्त्वपूर्ण भुमिका खेल्ने बताए। मुख्यमन्त्री कार्कीले अब प्रदेश नयाँ समझदारीका साथ अघि बड्दा विकास र रोजगारीमा सहयोग पुग्ने बिश्वास व्यक्त गरे । सो अवसरमा प्रमुख सचिव केदारनाय शर्माले यो समझदारीले नागरिकका अपेक्षा पुरा गर्न सहयोग गर्ने बताउदै आगामी दिनमा प्रदेशमा नयाँ नयाँ काम गर्न सहज हुने बताए।
कार्यक्रममा कोषका कार्यकारी अधिकृत रमेशकुमार घिमिरेले कोशी प्रदेशमा युवा रोजगार ,घरेलु उधोग विकास र उधमशिलता विस्तारलार्इ समझदारीले नयाँ ढोका खोलेको बताए । मुख्यमन्त्रीका आर्थिक सल्लाहकार डाक्टर मोहन सुवेदीले कोशी प्रदेशमा करिब एक हजार रोजगारी सिर्जना गर्ने गरि यो समझदारी गरिएको जानकारी दिए । उनले चाडै नै रोजगारिका लागी मन्त्रालय तहमा समझदारी गरि अघि बढ्ने बताए। प्रदेशमा १२ कक्षा उतिर्ण करिब एक हजार युवालार्इ तालीम दिइ अनलाइन रोजगारी यसै बर्ष दिने प्रदेश सरकारको तयारी छ ।