हाटखोलास्थित गुरुकुलको बालकृष्ण पोखरेल नाटकघरमा हेरिटेज इन्टरनेशनल स्कुलले नाटक मञ्चन गरेको हो ।
शिक्षक भरत रोयको निर्देशनमा तयार भएको नाटकले वैदेशिक रोजगारीले नेपाली समाजमा पुर्याएको सामाजिक विचलनको कथा देखाएको थियो । जीवनको उत्तराद्र्धमा आफ्ना छोराछोरीसँगै बस्ने इच्छा पुरा नभएको अभिभावकको कथालाई नाटकले मार्मिक ढंगले प्रस्तुत गरेको थियो ।
नाटकमा विद्यार्थीहरु अंशकुमार झा, मुकुल दराक, मानश्वी आचार्य, साल्वीन भट्टराई, पुण्यदिप खवास, इच्छा बज्राचार्य लगायतले अभिनय गरेका थिए ।
आरोहण गुरुकुलको आयोजनामा भदौ २२ गतेदेखि जारी महोत्सवमा भोली भने पूर्वाञ्चाल विद्या सदन बोर्डिङ स्कुलको नाटक स्वाद मञ्चन गरिनेछ । दैनिक दिउँसो २ बजे नाटक मञ्चन गर्दै जारी महोत्सव भाद्र ३१ गतेसम्म चल्ने आयोजक गुरुकुल विराटनगरका अध्यक्ष भैरव क्षेत्रीले जानकारी दिए ।
महोत्सवमा शनिबार जनपथ माध्यमिक विद्यालयको नाटक खैराँती मास्टर र अन्तिम दिन कान्तिपुर स्कुलको नाटक आमा मञ्चन हुने जनाइएको छ ।विराटनगरका ९ विद्यालय सहभागी महोत्सवमा उत्कृष्ट नाटक, अभिनेता र अभिनेत्रीलाई अवार्ड पनि प्रदान गरिने जनाइएको छ ।
तपाईको प्रतिक्रिया