महेन्द्र मोरङ कलेजमा बिबिएमका विद्यार्थीद्वारा तोडफोड

खबर पूर्वाञ्चल, १५ मंसिर २०७८, बुधबार १९:००

विराटनगर / विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसको बिबिएमका विद्यार्थीले व्यवस्थापन संकायमा तोडफोड गरेका छन् ।

परीक्षा नजिकिँदै गर्दा आजसम्म पनि कम्प्युटर ल्याबको व्यवस्था नभएको भन्दै उनीहरुले तोडफोड गरेका हुन् । बिबिएम कम्प्युटर बेस फाइनान्सियल एकाउण्टिङ २४ पूर्णाङ्कको प्रयोगात्मक परीक्षा हुन्छ । उक्त परीक्षाको लागि कम्प्युटर ल्याब अनिवार्य छ । तर, हाल क्याम्पसले ८ वटा कम्प्युटर उपलब्ध गराएको छ । बिबिएम मा ८८ वटा सिट रहेकोले कम्तिमा पनि ४५ वटा कम्प्युटरको अनिवार्य आवश्यकता रहेको विद्यार्थीको भनाइ छ ।

विद्यार्थीहरुले क्याम्पसको कुर्सी, टेबल र ढोका तोडफोड गरेका छन् । क्याम्पस प्रमुखसामु पटक–पटक ल्याबको माग गर्दा पनि अटेरी गरेको कारण तोडफोडमा उत्रिएको विद्यार्थीको दाबी छ ।

 

विद्यार्थीको समूहले क्याम्पसको मूल गेटमा ताला लगाएपछि त्यहाँको पठन–पाठन प्रभावित बनेको थियो । त्यसपछि बिबिएस तेस्रो वर्षका विद्यार्थीले भने उक्त ताला खोलेका थिए । तर, प्राध्यापकले यस्तो माहोलमा नपढाउने भनेपछि अन्य संकायमा पनि विद्यार्थीले तालाबन्दी गरेका थिए । क्याम्पस प्रमुख बाबुराम तिमल्सिनाले विस्तारै माग सम्बोधन गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

PABSON
SBSC
Sitala Subaa
mani Sir
MINILYAND
jagat Sir
SURENDRA

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५