खबर पूर्वाञ्चल
पक्राउ पर्नेमा सप्तरी हनुमाननगर कंकालिनी १४ का २० बर्षीय अमोदकुमार यादव, सप्तरी तिलाठी कोलारी ४ का २० बर्षीय ईनरकुमार मुखिया, सप्तरी रामपुर मलहनिया १४ का २४ बर्षीय विनोदकुमार कामत, सप्तरी तिलाठी कोलारी ४ का १९ बर्षीय रमेश मुखिया र कार चालक तिलाठी कोलारी ४ का २२ बर्षीय फुलकुमार मुखिया रहेका छन् ।
लागूऔषध नियन्त्रण व्यूरो विराटनगर र जिल्ला प्रहरी कार्यलाय सुनसरीबाट खटिएको प्रहरी टोलीले पश्चिमबाट आउदै गरेको बा १४ च ६१४५ नम्बरको कारलाई रोकी कारमा सवार ५ जनालाई चेकजाँच गर्दा अमोदकुमार यादवको साथबाट लागूऔषध ब्राउन सुगर १३० ग्राम फेला परेको हो । ब्राउन सुगर फेला परे पश्चात थप अनुसन्धानको लागी कार सहित पाचै जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भईरहेको सुनसरी प्रहरीले जनाएको छ ।