animated ellipse animated ellipse

मत बदन हनु नदिन मोरङमा नमुना मतदान(फोटो फिचर)

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१६ कार्तिक २०७९, बुधबार १८:२३
117
Shares
विराटनगर / स्थानीय तह निर्वाचनको झल्को दिने गरी विराटनगरमा नमुना मतदान कार्यक्रम भएको छ ।

मोरङमा नमूना मतदान कार्यक्रम बुधबारदेखि सुरू भएको १ नं. प्रदेश निर्वाचन कार्यालय विराटनगरका प्रमुख लेवन कास्यव अधिकारीले जानकारी दिए ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनमा मत बदर हुन नदिन आज साँझ विराटनगर – ९ बुधहाट चौकमा नमूना मतदान कार्यक्रम भएको हो ।

बिहीबारदेखि २ देखि ३ वटा समूह बनाएर निर्वाचन कार्यालयका कर्मचारीहरू मोरङको १७ वटै स्थानीय तहहरूमा नमूना मतदान गराउँदै हिड्ने उनले बताए । मतदान प्रक्रियाका बारेमा जानकारी दिने, आफ्नो भोटको महत्त्व बुझाउने, आफूले चाहेको प्रतिनिधिलाई छनोट गर्न सिकाउने र बदर मत प्रतिशत घटाउने उद्देश्यले नमुना मतदान कार्यक्रम सुरु गरिएको उनले बताए ।

नमूना मतदानसँगै मतदाता शिक्षा पनि सुरू गरिएको छ । ‘नमुना मतदानमा निर्वाचन कार्यालयका कर्मचारीहरू समूह बनाएर परिचालन हुनेछन्,’ उनले भने, ‘नमूना मतदानसँगै मतदाता शिक्षा पनि सुरू हुनेछ । मतदाता शिक्षा १५ दिनसम्म सुरू हुनेछ ।’ मतदाता शिक्षामा स्वयमसेविका परिचालन हुनेछन् । ‘भ्याएसम्म घरदैलो गरेर मतदाता शिक्षा पु¥याउने लक्ष्य रहेको छ,’ उनले भने, ‘नभए सामुदायस्तरमा पुगेर मतदाता शिक्षा पनि स्वयमसेविकाहरूले दिनेछन्् ।’

नमूना मतदाता कार्यक्रम मोरङमा औपचारिक रुपमा विराटनगरबाट सुरू भएको हो ।

नमुना मतदानमा महिला पुरुष, अशक्त र वृद्धवृद्धाको लाइन मिलाउने, मतदान अधिकृतको हस्ताक्षर रुजु गर्ने, गोप्य स्थानमा पुगेर उम्मेदवारलाई मतदान गर्ने र मतदातालाई मतपत्र पट्याउने तरिका सिकाइएको प्रमुख अधिकारीले जानकारी दिए ।

नमुना मतदान कार्यक्रममा मुख्य निर्वाचन अधिकृत एवम जिल्ला न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलले बताए मतदाताको मतले सक्षम नेतृत्व निर्वाचित गराउनका लागि नमुना मतदानले सहयोग पुग्ने बताए । नमुना मतदान कार्यक्रम मुख्य निर्वाचन अधिकृत ढुङ्गेल, मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहाल, सुरक्षा निकायका प्रमुख, संचारकर्मी र सर्वसाधरणहरूले मतदान गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर