पूर्वाञ्चल खबर
विराटनगरको सहिद मैदानमा आज भएको पहिलो खेलमा ग्यालेक्सी स्कुलले एभरेष्टलाई १–० गोलले हराउँदै सेमिफाइनलमा पुगेको हो ।
जितको लागि ग्यालेक्सीका निर्णायक गोल निरज चौधरीले गरे । उनी खेलको प्लेयर अफ द म्याच घोषित भए ।
दोस्रो खेलमा मोर्डन एराले सनसाइन स्कुललाई २–० गोलले हरायो । जितको लागि अमन माझीले दुई गोल गरे । उनी प्लेयर अफ द म्याच घोषित भए ।
प्रतियोगिताको आइतबारको पहिलो खेल गोदावरी र सगरमाथा स्कुलबीच र दोस्रो खेल सेन्ट जोसेफ र डिपिएस स्कुलबीच हुनेछ ।