animated ellipse animated ellipse

ग्रामथानको सिधरामा भेट्रान्स फुटबल प्रतियोगिता हुने, उद्घाटनमा इटहरी र मोरङ भिड्ने

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

६ पुष २०८०, शुक्रबार १७:२९
225
Shares
विराटनगर/ प्रथम ग्रामथान भेट्रान्स फुटबल प्रतियोगिता हुने भएको छ ।

इन्द्रेणी सामुदायिक विकास केन्द्रको आयोजनामा मोरङको ग्रामथान गाउँपालिका ३ सिधरास्थित वाणी माविको खेलमैदानमा फुटबल प्रतियोगिता हुने भएको हो ।

आयोजकले आज पत्रकार सम्मेलन गरी पुस १४ देखि २९ गतेसम्म प्रतियोगिता हुने जानकारी गराएको छ । प्रतियोगितामा मोरङ र सुनसरीका १२ वटा भेट्रान फुटबल क्लबहरुले भाग लिने इन्द्रेणी सामुदायिक विकास केन्द्रका सचिब सम्पतलाल चौधरीले जानकारी दिए । नकआउट चरणको आधारमा हुने प्रतियोगिताको बिजेताले नगद ५० हजार रुपैयाँ र सेकेन्डले नगद ३० हजार रुपैयाँको साथै आकर्षक ट्रफी प्राप्त गर्नेछन् ।

प्रत्येक दिन हुने खेलको म्यान अफ द म्याच हुने खेलाडीहरुलाई नगद १ हजार पाँच सय रुपैयाँ रहेको छ । प्रतियोगिता सम्पन्न गर्न करिब ५ लाख बढी रकम खर्च हुने आयोजकले अनुमान गरेको छ ।

प्रतियोगिताको उद्घाटन खेल हाम्रो इटहरी भेट्रान्स फुटबल क्लब र मोरङको बोराबन भेट्रान्स फुटबल क्लबबीच प्रतियोगिता हुनेछ । प्रतियोगितामा युनाइटेड, विराट चोक, जनता, धरान दुहबी, मिल्स, विराट मेगा, ग्रामथान र गछिया भेट्रान्स फुटबल क्लबको सहभागि रहेको छ ।

पत्रकार सम्मेलनमा बोल्दै प्रदेश खेलकुद बिकास बोड कोशी प्रदेशका सदस्य प्रदिप भगत थारुले ग्रामथानमा खेलकुदद क्षेत्रको विकास गर्न भेट्रान्स प्रतियोगिता आयोजना गरिएको बताए । ग्रामिण क्षेत्रमा हुने यस्तो खेलले खेलकुद क्षेत्र चलायमन हुने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर