AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

अर्याल जेष्ठ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

८ असार २०७७, सोमबार १२:२६
3
Shares
विराटनगर/ इलाका प्रहरी कार्यालय सुरुङ्गा झापामा कार्यरत प्रहरी जवान कमल अर्याल जेष्ठ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।

प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै प्रदेश १ प्रहरी कार्यालय विराटनगरले प्रदेश भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ ।

विभागिय मुल्य मान्यता, आदेश(निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोबल र साहसका साथ अवैध लागु औषध (ब्राउन सुगर) कारोबारमा संलग्न ब्यक्ति, अबैध काठ चोरी निकासीमा संलग्न व्यक्तिहरु तथा अवैध रुपमा लुकाई छिपाई राखेको हातहतियारका गोली तथा अन्य घरायसी हात हतियार सहित अवैध गतिविधिमा संलग्न ब्यक्तिहरुलाई पक्राउ गरी कानूनी दायरामा ल्याउन सफल भई आम सर्वसाधारण नागरिकहरुलाई सुरक्षाको अनुभूति हुने गरी नागरीक समक्ष प्रहरीको छवि उच्च बनाउनुको साथै सर्वसाधारणहरुमा सुरक्षाको प्रत्याभुति गर्ने तर्फ प्रशंसनिय कार्य गरेकोले इलाका प्रहरी कार्यालय सुरुङ्गा झापामा कार्यरत प्रहरी जवान कमल अर्यालले गरेको उत्कृष्ट कार्यसम्पादनको उच्च मुल्याङकन गर्दै २०७७ साल जेष्ठ “महिनाको सर्वोत्कृष्ट प्रहरी” घोषणा गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर