दोस्रो वर्षमा प्रवेश गरेको अवसमा आज क्लवमा एक कार्यक्रमको आयाजना गरेर मनाएको हो ।
प्रमुख अतिथि कोशी प्रदेशका पूर्व मन्त्री जयराम यादबले केक काटेर वार्षिकोत्सवको उद्घाटन गरे । उद्घाटन गदै यादव स्वस्थ्य हुनलाई फिट्नेस हुन आवश्यक रहेको बताए । स्वस्थय हुनलाई खानपानको साथसाथै एक्सरसाइज गर्न आवश्यक रहेको उनले बताए । यस जिम क्लवले विराटनगरको ८,१० र १४ वडाको स्थानियले लाभ लिने यादवले बताए ।
कल्वका अध्यक्ष हिरा यादवको अध्यक्षमा भएको कार्यक्रममा मोरङ बडिविल्डीङ सँघका अध्यक्ष नविनविबक्रम शाह, मोरङ बडिविल्डीङ सँघका पूर्व अध्यक्ष अमरेस कर्ण र क्लवका सुरज दाहालले शुभकामना मन्तब्य दिए ।
तपाईको प्रतिक्रिया