पूर्वाञ्चल खबर
होमआईसोलेसनबाट ९३, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ४ र विराट मेडिकल कलेजबाट ३ जना निको भएका हुन् । हालसम्म निको हुनेको संख्या २५ हजार ४ सय ९५ पुगेको छ ।
प्रदेश १ मा आज ६३ जना संक्रमित थपिएका छन् । मोरङमा ३३, सुनसरीमा १८, झापामा ३, उदयपुर र ते¥हथुममा २–२ र प्रदेश १ बाहिर ५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मोरङको विराटनगरमा २३, बुढीगंगामा ४, बेलबारी, कानेपोखरी, रंगेली, धनपालथान, कटहरी र सुनबर्षीमा १–१, सुनसरीको धरानमा ११, इटहरीमा ३, इनरुवा, गढी, दुहवी र रामधुनीमा १–१, झापाको मेचीनगरमा २ र दमकमा १, उदयपुरको बेलका र स्थानीय तह नखुलेका १–१, ते¥हथुमको म्याङलुङ र स्थानीय तह नखुलेका १–१ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २९ हजार ४८९ पुगेको छ ।
प्रदेश १ मा आज ५ सय ४४ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ३४ महिला र २९ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म २ लाख ५ हजार ५ सय ५० जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।