पूर्वाञ्चल खबर
काठमाडौं विश्वविद्यालय अन्तरगत सञ्चालन भएको एस्पायर कलेजले विटेक विडि आइटि कार्यक्रममा सहभागि हुन कोअर्डिनेटर खेमनाथ खतिवडाको नेतृत्वमा ३० जना विद्यार्थीसहितको टोलि आज सिन्धुली प्रस्थान गरेको हो ।
सिन्धुलीमा सम्पन्न हुने कार्यक्रममा कोरियन विश्वविद्यालय प्रोफेसर , विद्यार्थी , काठमाडौं विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङ र कम्प्युटर साइन्सका प्रोफेसरलगायतको टोलीले गोष्ठी सहजिकरण गर्ने छ।
उक्त कार्यशाला गोष्ठीमा , डाटा माइनिङ , आर्टिफिसियल इन्टेलिजेन्स, माइक्रोसफ्ट म्याथम्याटिक्स ,नेटवर्किङ र डिजिटल लजिक सम्बन्धि बिषयमा तालिम तथा गहन छलफल हुनेछ । गोष्ठीमा सहभागी विद्यार्थीहरुले सिकेका कुरा व्यबहारमा उतार्ने छन ।
एस्पायर कलेजका प्रिन्सिपल सिएम बस्नेतका अनुसार यस्ता प्रभावकारी कार्यक्रमहरु बर्ष भरी नै चलिनै रहने र प्रभावकारी सिकाइको प्रक्रियालाई अझ बढाउदै लैजाने कलेजको योजना रहेको उनले बताए ।