खबर पूर्वाञ्चल
कोशी प्रदेश खेलकुद विकास बोर्डद्वारा विराटनगरमा आयोजित राष्ट्रपति रनिङ, अन्तरप्रदेश, राष्ट्रिय प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडी तथा खेलक्षेत्रमा महत्त्वपूर्ण योगदान पु¥याउने व्यक्तिहरूलाई सम्मान कार्यक्रममा मन्त्री चौधरीले यस्तो बताएका हुन् ।
१५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा स्वर्ण पदकविहीन बनेको कोशी प्रदेशले ७ रजत र ८ कांस्य पदक मात्र हात पारेर लज्जास्पद प्रर्दशन गरेको थियो । सोही प्रतियोगितलाई लक्षित गर्दै स्वास्थ्य मन्त्रीले भने, ‘कुनै बेला स्वर्ण पदक र खेलाडी उत्पादन गर्ने थलोको रुपमा कोशी प्रदेश रहेको थियो । अहिले कोशीको खेल खस्किन थाल्यो । सुधार गरेर अगाडी बढनुपर्ने अवस्था आएको छ । यसमा नेतृत्व तहमा बस्नुभएकाले ध्यान दिनुपर्दछ ।’ उनले विगतमा कोशी प्रदेश खेलकुद क्षेत्रमा अगाडि रहे पनि पछिल्लो समय केही खस्किएको भन्दै सुधार ध्यान दिन सम्बद्ध पक्षको ध्यानाकर्षण गराए ।
मन्त्री चौधरीले सरकारले अन्तरराष्ट्रिय क्षेत्रमा पदक प्राप्त गर्ने खेलाडीलाई रु ६५–६५ लाख रकम वितरण गरी आयआर्जनको अनुभूति गराएको उल्लेख गरे ।
प्रदेशका सामाजिक विकासमन्त्री पाँचकर्ण राईले प्रदेश सरकारले खेलकुद क्षेत्रको विकासका लागि मोरङको सुन्दरहरैचा नगरपालिकास्थित पूर्वाञ्चाल विश्वविद्यालयको खाली जग्गामा खेलकुदग्राम निर्माण सुरु गरेको जानकारी दिए । उनले प्रदेशमा खेलाडीको उच्च भविष्य रहेकाले लगानशीलताका साथ अगाडि बढ्न आग्रह गरे ।
प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव कृष्ण बस्नेत (पर्शुराम)ले प्रदेशमा खेल क्षेत्रको विकासका लागि विद्यालयस्तरदेखि पूर्वाधार निर्माण एवं प्रशिक्षणलगायत काम भइरहेका बताए । त्यस अवसरमा १०१ जना खेलाडी, प्रशिक्षक, खेलकुद पत्रकार एवं खेलकुद प्रतियोगितामा सहयोग गर्ने उद्यमीहरूलाई नगदसहित सम्मान गरिएको थियो ।