मोरङमा आज एकै दिन ११ संक्रमितको मृत्यु

खबर पूर्वाञ्चल, २९ बैशाख २०७८, बुधबार १८:२९

विराटनगर / कोरोना संक्रमणबाट मोरङमा आज एकै दिन ११ जनाको मृत्यु भएको छ ।

आठ जनाको उपचारका क्रममा विभिन्न अस्पताल र तीन जनाको होम आइसोलेसनमा मृत्यु भएको हो । विराटनगर महानगरपालिका–६ का ३९ वर्षीय पुरुषको न्युरो अस्पतालमा आज दिउँसो ३ बजेतिर मृत्यु भएको छ । विराटनगर–९ का ५२ वर्षीय पुरुषको मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पतालमा आज विहान मृत्यु भएको विराटका कोभिड अस्पताल इन्चार्ज सुनिल देवले बताए । सिरहाको लहान–१ का ८० वर्षीय वृद्ध पुरुषको पनि विराटमै मृत्यु भएको छ ।

विराटनगरको नोेबेल शिक्षण अस्पतालमा चार जनाको मृत्यु भएको छ । सुनसरीको इनरुवा–१ का ७५ वर्षीय पुरुषको आज विहान ३ बजेतिर मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । उनले सप्तरीकी ५५ वर्षीया महिलाको विहान ७ बजेतिर मृत्यु भएको बताए । विराटनगर – ९ की ८० वर्षीया वृद्धा महिलाको आज विहान ८ बजेतिर मृत्यु भएको छ ।

त्यस्तै विराटनगर –१० का ४६ वर्षीय पुरुषको पनि आजै विहान ८ वजेतिर नोवेलमा मृत्यृ भएको प्रबन्धक दाहालले बताए । कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा विराटनगर–१२ का ८० वर्षीय वृद्ध पुरुषको आज विहान ९ बजेतिर मृत्यु भएको अस्पतालका सूचना अधिकारी अनुपम राजवंशीले जानकारी दिए । विराटनगर –१३ का ५८ वर्षीय पुरुषको होम आइसोलेसनमा आज विहान ११ बजेतिर मृत्यु भएको छ । मोरङको सुन्दरहरैँचा नगरपालिका–१२ का ७९ वर्षीय वृद्ध पुरुषको दिउँसो १२ बजेतिर मृत्यु भएको छ । मोरङको जहदा गाउँपालिका–७ का ६० वर्षीय पुरुषको पनि आज दिउँसो होम आइसोलेसनमै मृत्यु भएको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५