animated ellipse animated ellipse

बेचन झा र प्रतिक थापा पक्राउ परेपछि अहिलेको सरकार बन्यो : प्रचण्ड

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१३ मंसिर २०८१, बिहीबार १८:५८
117
Shares
काठमाण्डौ / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार असंवैधानिक र अप्राकृतिक ढंगले बनेको दाबी गरेका छन् ।

कीर्तिपुरमा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्ने क्रममा पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले यस्तो बताएका हुन् । उनले अहिले सरकारको नेतृत्व गरिरहेकाहरूमा नै भ्रष्टाचारको तिर सोझिएपछि अप्राकृतिक ढंगबाट सरकार बन्न पुगेको दाबी गनरे । ‘भ्रष्टाचारविरोधी अभियानको तीर ठूलो ठाउँमा पुग्ने भयो । त्यो अहिले सरकारको नेतृत्व गरेकाहरूकै ठाउँमा पुग्ने भयो ।

सिधा, सरल छ । यहाँ घुमाएर गर्नुपर्ने कुरा छैन,’ प्रचण्डले भने, ‘बेचन झा र प्रतिक थापा पक्राउ परेपछि फरार अभियुक्त गिरफ्तार भइसकेपछि भ्रष्टाचारविरोधी अभियानको सुई कता सोझियो भन्ने बुझ्नुभएकै छ ।’ उनले संविधानको धारा ७६ (२) अनुसारको सरकारले विश्वासको मत पाएपछि स्वतः उपधारा (३) मा जानुपर्ने तर्क गर्दै अहिलेको सरकार संविधान विरोधी भएको आरोप समेत लगाए । ‘यो सरकार संविधान मिचेर बनेको सरकार हो । ७६ को २ अनुसारको सरकारले विश्वासको मत नपाएपछि स्वतः ३ मा जानुपर्ने ठाउँमा फेरि २ मै फर्किएर बनाउनु संविधान विरोधी छ । यो अप्राकृतिक छ,’ प्रचण्डले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर